राजनीतिलाई सङ्लो नपारेसम्म अन्य क्षेत्रमा सुधार गर्न सकिदैन : डा बाबुराम भट्टराई

२०८२ असार २१, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौ,२१ असार । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले राजनीतिलाई सङ्लो नपारेसम्म अन्य क्षेत्रमा सुधार गर्न नसकिने बताउनुभएको छ ।

चन्द्रलोक प्रतिष्ठानले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा भट्टराईले अहिले मुलुकको राजनीति बिकृत भइसकेको भन्दै राजनीतिलाई सङ्लो नपारेसम्म अन्य क्षेत्रमा सुधार गर्न नसकिने बताउनुभएको हो ।

उहाँले फोहर भइसकेको राजनीतिलाई सङ्लो पार्ने प्रयासमा आफुहरु रहेको बताउनुभयो । राजनीति सुधार भएपछि ऐन कानुन र संविधानमा सुधार गर्न सकिने उहाँले बताउनुभयो ।

भट्टराईले शिक्षा क्षेत्रबाट निजि क्षेत्रलाई अलग्गाउन नसकिने उल्लेख गर्दै निजि क्षेत्रसंग मिलेर शिक्षा क्षेत्रको सुधार गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय