एसईईमा वालिङ नगरपालिका ८०.३८ प्रतिशत सहित उत्कृष्ट, कुन पालिकाकाे कति ?

२०८२ असार २२, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

पूजा खड्का
स्याङ्जा, २२ असार । वालिङ्ग नगरपालिका स्याङ्जाका एघार पालिका मध्य एसईई मा ८०.३८ प्रतिशत सहित पालिकाहरुमा उत्कृष्ट बन्न सफल रहेको छ । वालिङ्ग मा ७ सय ८० सहभागी एसईईमा ६ सय २७ जना ग्रेडेड हुँदै ८०.३८ प्रतिशत ल्याउन सफल हुँदै प्रतिशतमा उत्कृष्ट पालिका रहन सफल रहेको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख विश्वराज आचार्यले जानकारी दिनुभयो।

त्यसैगरी भिरकोट नगरपालिकाले ३ सय ४५ मा २ सय ५६ जना ग्रेडेड गरी ७४.२० प्रतिशत ल्याउन सफल हुँदै दोस्रो उत्कृष्ट पालिका हुन सफल रहेको हाे । त्यसैगरी चापाकोट नगरपालिकाकामा ३ सय ५३ जनामा २ सय ५७ जना ग्रेडेड हुँदै ७२.८० प्रतिशत ल्याउँदै पालिकाहरुमा तेस्रो हुन सफल भएको छ।

त्यसैगरी बाकी पालिका अन्तर्गत फेदीखोला गाउँपालिकामा २ सय जनामा १ सय ४१ जना ग्रेडेड हुँदै ७०.५० प्रतिशत, अर्जुन चौपारी गाउँपालिकामा १ सय ४६ जनामा ९७ जना उत्तीर्ण हुँदै ६६.४४ प्रतिशत ल्याउन सफल, पुतलीबजार नगरपालिकामा ६ सय ५६ जनामा ४ सय २३ जना ग्रेडेड हुँदै ६४.४८ प्रतिशत ल्याउन सफल रहेको छ। त्यसै गरी गल्याङ्ग नगरपालिकामा ४ सय ४८ जनामा २ सय ८४ जना ग्रेडेड ६३.३९ प्रतिशत, आँधीखोला गाउँपालिकामा १ सय ६३ जनामा ९७ जना ग्रेडेड ५९.५१ प्रतिशत, कालीगण्डकी गाउँपालिकामा २ सय ६६ जनामा १ सय ५७ जना ग्रेडेड ५९.०२ प्रतिशत, हरीनाश गाउँपालिकामा १ सय ७६ जनामा ८६ जना ४८.८६ प्रतिशत र विरुवा गाउँपालिकामा १ सय ८६ जनामा ९० जना ग्रेडेड हुँदै ४८.३९ प्रतिशत ल्याउन सफल भएका छन्।

जिल्लाभर बाट ३ हजार ७ सय १९ विद्यार्थी सहभागी एसईईमा २ हजार ५ सय १५ विद्यार्थी ग्रेडेड भएका छन् भने नन् ग्रेडेड मा १ हजार २ सय ४ जना रहेका छन । समग्रमा स्याङ्जा जिल्लाको ६७.६३ प्रतिशत नतिजा रहेको स्याङ्जाका शिक्षा विकास तथा समन्वय इकाई प्रमुख आचार्यले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय