प्रकाश डोटेल
स्याङ्जा, २२ असार । अर्जुनचौपारी गाउँपालिका–१ मा रहेको ग्रामीण स्वावलम्बन साना किसान कृषि सहकारी संस्थालाई सम्मानित गरिएको छ । सहकारी व्यवसाय मार्फत कृषि क्षेत्रबाट सदस्यहरुको आर्थिक र सामाजिक विकासमा पु¥याएको योगदानको कदर गर्दै सहकारीलाई सम्मान गरिएको हो ।


राष्ट्रिय सहकारी महाहासंघ लि. नेपालद्धारा १०३ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा सहकारीलाई शनिवार पोखरामा सम्मान गरिएको थियो । गण्डकी प्रदेशबाटै उत्कृष्ट सहकारीका रुपमा छनौट भएको सहकारीलाई भूमि व्यवस्था, सहकारी तथा रिबी निवारण मन्त्री बलाराम अधिकारीले सम्मान गर्नुभएकाे हाे ।
गण्डकी प्रदेशका झण्डै १५ हजार र स्याङ्जाका करिब ३ हजार क्रियाशिल सहकारी मध्येबाट छनौट भएको सम्मानित सहकारीले गरिबीबाट पछाडी परेका वर्ग र खासगरी महिलाहरुलाई स्वरोजगार बनाउने अभियान चलाएको छ । कृषि पेशामा आबद्ध बनाएर शेयर सदस्यहरुलाई स्वरोजगार मार्फत उत्पादन बृद्धि र आर्थिक विकासमा टेवा पु¥याउँदै आएको छ ।
सहकारी संस्थाले कृषिमा व्यवसायीकरण गर्न कम्तिमा २० बाख्रा पालन गर्ने किसानलाई पशु बीमा गराएर खोर व्यवस्थापनामा ५ हजार नगद अनुदान दिदै आएको छ । तरकारी तथा फलफूल र मासुजन्य वस्तु उत्पादन गरेमा बजारीकरणको सुनिश्चिततासँगै किसान पुरस्कृत गर्ने कार्यक्रम गर्दै आएको सहकारीका अध्यक्ष बोध नारायण रेग्मीले बताउनुभयाे ।
गाउँपालिकाभित्र २ हजार ५ सय शेयर सदस्य रहेको सहकारीले झण्डै ४ हजार ५ सय कृषकलाई सेवा प्रबाह गर्दै आएको छ । कृषिमा आत्मनिर्भर बनाउन भकारो सुधार, पशु नश्ल सुधार कार्यक्रम अन्र्तगत उन्नत जातका बोका र राँगा व्यवस्थापन गर्दै आएकोे छ । २०५९ मा स्थापित सहकारीले ५० प्रतिशत अनुदानमा मासुजन्य लगानीमा २ वटा भैंसी फार्म, ४ वटा बाख्रा फार्म र २ बंगुर फार्म संचालन गर्दै आएको छ ।
१ हजार ५ सय ३२ पुरुष र १ हजार ५ जना महिला शेयर सदस्य रहेको सहकारीले २६ करोड २७ लाख ४१ हजार २ सय २१ रुपैयाँको आर्थिक कारोबार गर्दै आएको सहकारीका प्रबन्धक शालिग्राम काफ्लेले जानकारी दिनुभयाे । कृषि, पशु पालनका साथै हामीले बचतको कारोबारले शेयर सदस्यको आर्थिक र सामाजिक विकासमा काम गरिरहेको काफ्लेले सुनाउनुभयाे ।
२ करोड ५६ लाख ९४ हजार ५ सय ६० रुपैयाँको जगेडा कोष बनाएको सहकारीले १ करोड १३ लाख ४१ हजार ४ सय ७४ को पशु बीमा कोष र २० लाख ९७ हजार ९ सय २३ रुपैयाँ बराबरको शेयर सुरक्षण कोष बनाएको छ । सहकारीले करिब १ करोडको लागतमा ३ तलाको १८ कोठे व्यवसायिक भवन संचालन गर्दै आएको छ ।