पूजा खड्का
स्याङ्जा, २२ असार । गण्डकी प्रदेशस्तरीय टी ट्वान्टी महिला क्रिकेटको उपाधि स्याङ्जाले प्राप्त गर्न सफल भएको छ । फाइनल खेलमा कास्की लाई हराउँदै प्रतियोगिताको उपाधि स्याङ्जाले जित्न सफल भएको हो। यो सँगै स्याङ्जाले लगातार दोस्रो पटक उपाधि जित्न सफल भएको छ।
पोखरामा प्रादेशिक क्रिकेट सङ्घ गण्डकीको आयोजनामा भएको प्रतियोगिताको शनिबार फाइनल खेलमा कास्की लाई सात विकेटले हराउँदै स्याङ्जाले एक लाख नगद सहित ट्रफी र मेडल पुरस्कार हात पार्न सफल भएको छ भने उपविजेता तथा दोस्रो भएको कास्की ले ५० हजार प्राप्त गर्न सफल भएको छ।


शनिबारको फाइनल खेलमा टस हारेर ब्याटिङको अवसर प्राप्त गरेको कास्की ले २० ओभरको खेलमा १६ ओभरमा अल आउट हुँदै ५६ रन बनाएको थियो । उपाधि जित्नका लागि स्याङ्जा लाई ५७ रनको आवश्यक थियो।
कास्कीका लागि रेखा तामाङले २४ र रचना चौधरीले १४ रन बनाउन सफल रहनु भयो । त्यसैगरी रेखा तामाङ्गले २८ बलमा दुई चौका र एक छक्का हान्न सफल रहनुभयो भने रचना चौधरीले २५ बलमा दुई चौका प्रहार गर्न सफल रहनुभयो । कास्कीका लागि रचना चौधरी र यशोदा भुजेलले एक/एक विकेट लिन सफल रहनुभएको थियो।
स्याङ्जाका लागि अपेक्षा बुढाथोकीले तीन ओभरमा छ रन खर्चेर सर्वाधिक चार विकेट लिन सफल रहनुभयो । त्यसैगरी सिमाना केसीले चार ओभरमा १३ रन खर्चेर तीन विकेट लिन सफल रहनुभयो र स्याङ्जाका लागि सिमाना केसीले २२ बलमा एक चौका प्रहार गर्न सफल रहनुभयो। त्यसैगरी कुशुम गोदार ले १३ बलमा एक चौका प्रहार गर्न सफल रहनु भयो।
सिमाना केसी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी सहित उत्कृष्ट बलर समेत हुन सफल रहनुभयो। कास्कीका सिर्जना पौडेल उत्कृष्ट व्याटर सोनिमा पुन मगर उदियमान खेलाडी घोषित हुनुभयो । असार १८ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा स्याङ्जा, कास्की, नवलपुर र पर्वत जिल्लाको सहभागिता रहेको थियो ।