काठमाडौँ, २४ असार । सभामुख देवराज घिमिरेले संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन गर्न गठित विशेष समितिले तोकिएको समयअघि नै कार्यसम्पन्न गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
मंगलबार संसद भवन नयाँ बानेश्वरमा बसेको विशेष समितिको पहिलो बैठकमा उपस्थीत भइ सभामुख घिमिरेले क्षेत्राधिकारभित्र रहेर समयअवधिभित्रै प्रतिवेदन दिने विश्वास व्यक्त गर्नुभएको समिति संयोजक जीवन परियारले जानकारी दिनुभयो ।


सिंहदरबारभित्रै समितिको सचिवालय रहने र समितिले दिएको क्षेत्राधिकारमा रहेर जिम्मेवारी पुरा गर्न काम सुरु गरिसकेको उहाले बताउनुभयो ।
सचिवालयका लागि संसद सचिवालयबाट सचिव, उपसचिव र कर्मचारीको व्यवस्थापन भएको उहाले जानकारी दिनुभयो ।
संघीय निजामती सेवा विधेयकमा उल्लेख कुलिङ अफ पिरियडमा भएको छेडखानीको अध्ययन तथा छानविन गर्न सोमबार प्रतिनिधिसभाले सात सदस्यीय संसदीय विशेष समिति गठन गरेको थियो ।