सिद्धबाबा मन्दिर नजिक पहिरोमा परेर श्रीमानको मृत्यु, श्रीमती घाइते

२०८२ असार २४, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पाल्पा, २४ असार । सिद्धार्थ राजमार्गको पहिरोमा परेर मंगलबार साँझ श्रीमानको मृत्यु भएको छ भने श्रीमती घाइते भएकि छन् ।

 मृत्यु हुनेमा रामपुर नगरपालिका ५ तालपोखरा बस्ने ३६ वर्षीय जनक भण्डारी रहनुभएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता एवं सुचना अधिकारी प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयाे ।

पाल्ला तिनाउ गाउँपालिका ३ माथिल्लो सिद्धबाबा नजिकै सिद्धार्थ राजमार्गमा सडक माथिबाट अचानक ढुङ्गासहितको पहिरो खसेको छ ।पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु ५१ प ६६३३ नम्बरको मोटरसाइकल चालक भण्डारी सोही पहिरोमा परी सडकबाट तल खस्नुभएको थियो ।

उहाँलाई उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पठाइएकोमा डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेका प्रहरी नायव उपरीक्षक मल्लले जानकारी दिनुभयो ।

सोही मोटरसाइकल पछाडि सवार रामपुर नगरपालिका ५ तालपोखरा बस्ने २९ वर्षीय कल्पना चापागाई सामान्य घाइते भएको प्रहरीले बताएको छ ।उहाँको अहिले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।

मृतक भण्डारी र घाइते चापागाई श्रीमान् श्रीमती रहेका हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय