प्रधानमन्त्रीसँगै स्पेन गएका मानिस नफर्किएको भनेर आफुले भनेको छैन : गौतम

२०८२ असार २५, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडाै,२५ असार । रास्वपा सांसद सोविता गौतमले प्रधानमन्त्रीसँगै स्पेन गएका मानिस नफर्किएको भनेर आफुले नभनेको स्पष्ट पार्नुभएको छ ।

बुधबार प्रतिनिधिसभा बैठकमा गौतमले आफुले प्रधानमन्त्रीसँगै स्पेन गएका मानिस नफर्किएको भनेर नभनेको र प्रधानमन्त्री सहभागी हुने कार्यक्रममा गएका अन्य व्यक्तिहरु चाहि नफर्किएको धारणा राखेको स्पष्ट पार्नुभएको हो । स्पेनमा प्रधानमन्त्री सहभागी भएको कार्यक्रम निकै ठूलो भएकाले सो कार्यक्रममा बिभिन्न संघसंस्थाबाट नक्कली कागजात बनाएर थुप्रै नेपालीहरु गएको उहाले बताउनुभयो । उहाले मंगलबार आफुले संसदमा राखेको धारणालाई नबुझेर बिभिन्न टिकाटिप्पणी भएकोप्रति आपत्ति जनाउनुभयो । आफ्नो भनाइ संसदको रेकर्डबाट हटाउनुपर्ने एमाले सांसदको माग प्रति सांसद गौतमले नेपाली भाषा नबुझेर भएका अपव्याख्या आफ्नो समस्या नभएको र रेकर्डबाट हटाउनुपर्ने कुनै कारण नरहेको जिकिर गर्नुभयो । त्यस्तै उहाले भिजिट भिसा प्रकरणमा सरकारले स्वार्थ बाझिनेगरि समिति बनाएकाले आफुहरुको निरन्तर विरोध रहेको बताउनुभयो ।

बैठकमा एमाले सचेतक सुनिता बरालले प्रधानमन्त्रीको स्पेन भ्रमणबारे अपवाह फैलाउने काम भएको बताउनुभयो । उहाले संसदमा हेक्का राखेर बोल्न चूनौति दिदै भाषाको ज्ञान र परिभाषा सिकाउन परे तयार रहेको जवाफ दिनुभयो । बरालले संसदमा तथ्यका आधारमा बोल्न सुझाव दिनुभयो ।

आफ्ना धारणा राखेर रास्वपा सांसदहरु बाहिरिएपछि बरालले आफ्ना कुरा राख्ने तर अरुको कुरा नसुन्ने धैर्यता नभएको भन्दै आपत्ति जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय