रसुवाको स्याफ्रुबेसी टिमुरे सडक पूर्णरूपमा अवरूद्ध

२०८२ असार २६, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ २६ असार । गत मङ्गलबार बिहान नेपाल–चीन सीमामा पर्ने लेन्डेखोला (भोटेकोशी) मा आएको बाढीले रसुवाको स्याफ्रुबेसी टिमुरे सडक पूर्णरुपमा अवरुद्ध भएको छ । ठाउँ–ठाउँमा गएको पहिरोका कारण सवारी साधन सञ्चालनका साथै हिँडडुल गर्न समस्या भएको छ ।

गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर ३ लिङलिङमा बाढीले सडक बगाउँदा उक्त क्षेत्रमा जोखिम मोलेर यात्रा गर्नुपर्ने अवस्था रहेको छ ।तीन वटै सुरक्षा निकाय(नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरी) ले ठाउँ–ठाउँमा बाटो बनाउने काम गरेपनि सवारी साधनका लागि भने सडक सुचारुको अझै टुङ्गो लाग्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय