पूजा खड्का
स्याङ्जा, २६ असार । वर्षादकाे समयमा निम्तिन सक्ने विपद्लाइ व्यवस्थापन गर्न जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पूर्व तयारी थालेकाे छ । स्याङ्जाका एघार पालिकामा ६५ स्थानमा उच्च जोखिमको आकलन गरिएको छ ।
जिल्ला भित्रका ११ पालिका अन्तरगत ६५ स्थानमा उच्च जोखिम रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी प्रसन्न राज चौधरीले जानकारी दिनुभयो । सूचना अधिकारी चौधरीले पालिका भित्र खोला किनारमा बाढी सडक सञ्जाल विस्तारले गर्दा पहिरो र कुनैकुनै ठाउँमा चट्याङ्गका कारण जोखिम रहेकाे बताउनुभयो । सूचना अधिकारी चौधरीले जिल्लाका २१ स्थानमा चट्याङ्ग सम्बन्धी जोखिम, ३३ स्थानमा पहिरो जोखिम र ९ स्थानमा बाढी र दुई स्थानमा पहिरो र डुबानको समस्या रहेको जानकारी दिनुभयो।


जिल्ला भित्रका विभिन्न पालिकासगं आवश्यक परामर्श गर्दै सघंसंस्था सञ्चार माध्यम मार्फत कानुन सम्मत ढंग बाट कोष स्थापना गर्दै अघि बढेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख एस पि दधिराम न्यौपानेले जानकारी दिनुभयो। विपद् व्यवस्थापनमा कसरी अघि बढ्ने कसरी सुरक्षित रहन र सुरक्षित तवरमा सहजीकरण गर्न सकिन्छ त्यही अनुसार जिल्ला प्रहरी कार्यालय स्याङ्जाले प्रशिक्षण र आबस्यक स्रोत साधन संकलनमा प्रहरी जुटिरहेको एस पी न्यौपानेले जानकारी दिनुभयो।
त्यसैगरी उहाँले सडक राजमार्गको सुरक्षाको लागि र यात्रुलाई समस्या नबनाउनको लागि वैकल्पिक बाटो सहित अघि बढ्न अपरेटर सहित स्काभेटरको व्यवस्था गरेको बताउनुभयो। न्यौपानेले यस बाट समस्या भएको भित्री र बाहिरी बाटोमा पालिका सँग समन्वय गर्दै प्रहरी कार्यालय समाधानमा अघि बढ्ने बताउनुभयो। वालिङ्गमा सडक अवरुद्ध हुँदा बुधबार पालिकासगं समन्वय गर्दै व्यवस्था मिलाएर बाटोको समस्या समाधान गरेको जानकारी गराउँदै सहजीकरणमा जिल्ला प्रहरी प्रशासन लागेको बताउनुभयो ।