खुकुरी प्रहार गर्ने एक पक्राउ

२०८२ असार २७, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

तनहुँ , २७ असार । व्यास नगरपालिका वडा १ मा खुकुरी प्रहार गर्ने एक जना पक्राउ परेका छन । विहिवार साझ ७:३५ मा एक आपसमा झगडा गर्दा खुकुरी प्रहार भएकाे थियाे ।

तनहुँ व्यास नगरपालिका १ भादगाउ बस्ने १९ बर्षका बिशाल मल्ल ठकुरीले साेहि पालिका बस्ने ५६ बर्षका सिद्ध बहादुर ठकुरी लाइ खुकुरी प्रहार गरेकाे जिल्ला प्रहरी कार्यालय तनहुँका सुचना अधिकारी अशोक थापाले जानकारि दिनुभयो ।

सिद्ध बहादुर ठकुरीलाई उपचारको लागि रत्नहरी अस्पताल दमौली पठाइएको छ भने विशाल मल्ल ठकुरीलाई प्रहरीले नियन्त्रणमा लिइ थप अनुसन्धान गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय