आदिकवि भानुभक्त आचार्यको २ सय १२ औं जन्म जयन्ती

२०८२ असार २८, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

विराटनगर, २८ असार । भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा निकालेको छ ।

आदिकवि भानुभक्त आचार्यको २ सय १२ औं जन्म जयन्तीको अवसरमा आदिकवि भानुभक्तको तस्विर सहितको रथ यात्रा निकालिएको हो । रथयात्राले विराटनगर महानगरपालिका कार्यालयबाट शुरु भएर नगरको विभिन्न भाग परिक्रमा गरेको थियो ।

सो क्रममा भानुभक्त आचार्यको जीवनी, व्यक्तित्व र कृतित्वका साथै नेपाली भाषामा उहाँले पुर्‍याउनु भएको योगदान बारेमा चर्चा गरिएको थियो । विराटनगरमा रहेका साहित्यकारहरुको बाक्लो उपस्थिति साथै विद्यार्थीहरुको सहभागितामा ¥याली साथै मानुभक्तको विषयमा जानकारी गराइएको थियो । रथ यात्रामा साहित्यकार, कलाकार, विद्यार्र्थी र कर्मचारीहरुको सहभागिता रहेको थियो ।

नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती असार २९ गते आइतबार देश विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय