पूजा खड्का
स्याङ्जा, २८ असार । स्याङ्जाको भिरकोट नगरपालिका ले कुल बजेटको ७७.९६ प्रतिशत खर्च गर्न सफल भएको छ भने पुँजीगत तर्फ ६७.६२ प्रतिशत र चालू तर्फ ८८.२९ प्रतिशत खर्च गरेको छ । आर्थिक वर्ष २०८१/८२ को आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम ३० बमोजिम आर्थिक वर्ष २०८१/८२ मा भएको सम्पूर्ण खर्च तथा भुक्तानी सम्बन्धी वित्तीय प्रगति विवरण सार्वजनिक गर्दै कुल बजेटको ७७.९६ प्रतिशत खर्च भएको जनाएको हो।
भिरकोट नगरपालिकाको कुल बजेट ५९ करोड ८२ लाख २० हजार ३ सय ८ रुपैयाँको ७७.९६ प्रतिशतले हुने ४९ करोड ३८ लाख ७५ हजार ५ सय ४५ रुपैयाँ खर्च गर्न सफल भएको छ।


यस अवधिमा भिरकोट नगरपालिकाको चालु कुल बजेट ४३ करोड २० लाख ७० हजार ३ सय ८ रुपैयाँमा ८८.२९ प्रतिशत अर्थात ३८ करोड १५ लाख १७ हजार १ सय २ रुपैया खर्च गरेको विवरणमा उल्लेख छ।
त्यसै गरी आर्थिक वर्ष २०८१/०८२ मा भिरकोट नगरपालिकाको पुँजीगत १६ करोड ६१ लाख ५० हजार रुपैयाँको कुल बजेट मध्ये समग्रमा ६७.६२ प्रतिशतले हुन आउने ११ करोड २३ लाख ५८ हजार ४ सय ४३ रुपैयाँ खर्च गरेको सार्वजनिक वित्तीय प्रगति विवरणमा उल्लेख छ ।