एमालेले बोलायो विभागहरूको संयुक्त भेला

२०८२ असार २९, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ , २९ असार। नेकपा (एमाले) ले पार्टी केन्द्रीय विभागहरूको संयुक्त भेला बोलाएको छ ।  विधान महाधिवेशनको तयारी गरिरहेको एमालेले आइतबार दिउँसो ३ बजे तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा बस्नेगरी भेला बोलाएको हो ।

भेलामा पार्टीका सबै केन्द्रीय विभागका प्रमुख, सचिव र सदस्यहरूलाई उपस्थित हुन भनिएको छ । एमालेमा ३२ वटा केन्द्रीय विभाग रहेका छन् ।

भेलालाई महासचिव शंकर पोखरेलले सम्बोधन गर्नेछन् । आगामी भदौ २० देखि २२ गतेसम्म दोस्रो विधान महाधिवेशनको मिति तोकेको एमालेले यसअघि जनसङ्गठनहरूको भेला सम्पन्न गरेको थियो । साउन २ गते स्थायी कमिटी र ५ गते केन्द्रीय कमिटी बैठक गरेर विधान महाधिवेशनमा होमिने एमालेको तयारी छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय