गल्याङ–५ मोहनडाँडाको प्रशासकीय भवन सम्पन्न, श्रावण १ गतेदेखि सेवा सुरु

२०८२ असार २९, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

क्रान्ति अर्याल 
स्याङ्जा, २९ असार । गल्याङ नगरपालिका वडा नम्बर ५ मोहनडाँडामा निर्माण सम्पन्न भएको नयाँ प्रशासकीय भवन वडा कार्यालयलाई हस्तान्तरण गरिएको छ । निर्माण कम्पनी दिपदर्शन कन्सल्टेन्सीले एक कार्यक्रमका बीच सो भवनको चाबी वडा अध्यक्ष घनश्याम भट्टराईलाई हस्तान्तरण गरेको हो ।

वडा अध्यक्ष भट्टराईले भवनको निर्माण प्रदेश सरकारको ६० प्रतिशत बजेट र गल्याङ नगरपालिकाको ४० प्रतिशत बजेटको सहभागितामा सम्पन्न गरिएको बताउनुभयो । स्थानीय प्रशासनिक सेवा सरल, छरितो र प्रभावकारी बनाउनका लागि यो भवन निर्माण गरिएको हो ।

त्यस्तै अध्यक्ष भट्टराईले भवनको औपचारिक उद्घाटन केही महिनापछि विशेष समारोहका साथ गरिने बताउदै सेवा प्रवाह भने यही श्रावण १ गतेदेखि सुरु हुने भएकाले सम्पूर्ण वडावासीहरूलाई तोकिएको मितिदेखि सेवा लिन आउन आग्रह गर्नुभएको छ ।

सेवा सुरु गरिने दिनलाई विशेष बनाउँदै पुजाआजा, भजन कृतन सहित वडा कार्यालयले विद्यार्थी सम्मान कार्यक्रमको पनि आयोजना गरेको छ । उक्त अवसरमा गल्याङ नगरपालिका वडा नम्बर ५ मा अवस्थित सत्यशिला मा।वि।, पर्वत जिल्लाको बिहादी गाउँपालिका स्थित शिलाशालिग्राम उच्च मा।वि। र कालीगण्डकी गाउँपालिकामा रहेको भगवती उच्च माध्यमिक विद्यालयमा हालै सम्पन्न एसईई ९क्भ्भ्० परीक्षा उत्तीर्ण गरेका विद्यार्थीहरूलाई विशेष रूपमा सम्मान गरिनेछ ।

विद्यार्थीहरूलाई अध्ययनप्रति थप प्रेरणा दिनका लागि आयोजना गरिने सो कार्यक्रममा सम्बन्धित विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू र प्रधानध्यापकलाई समेत औपचारिक निमन्त्रणा गरिएको वडा कार्यालयले जानकारी दिएको छ ।

वडा कार्यालयबाट सेवा प्रवाह सुरु भएसँगै वडावासीलाई स्थानीय सेवा छिटो र सजिलै प्राप्त हुने विश्वास व्यक्त गरिएको छ । वडाको विकास, सुशासन र नागरिक सेवाको गुणस्तर अभिवृद्धिमा यो भवनले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय