पूजा खड्का
स्याङ्जा, २९ असार । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले आत्महत्या सम्बन्धी घटना भइरहेको र न्यूनीकरण गर्नको लागि सचेतना स्वरूप तनाव व्यवस्थापन सम्बन्धी एकदिने विशेष प्रशिक्षण कार्यक्रम आयोजना गरेको थियो।
शनिबार सक्षम आमा समुहको सभाहलमा पुतलीबजार नगरपालिका वडा नम्बर १३ को लाम्पाटा बजार व्यवस्थापन समितिको सहकार्य मा स्याङ्जामा आत्महत्या सम्बन्धी सचेतना कार्यक्रम भएको हो।


तनाव समय मै व्यवस्थापन गर्न सकियो भने मानसिक र शारीरिक सन्तुलन भै आत्महत्यामा कमी आउने जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख तथा प्रहरी उपरीक्षक एस पी दधिराम न्यौपानेले बताउनुभयो ।
आत्महत्या सम्बन्धी घटना हरु भै रहेको हुँदा जिल्ला प्रहरी प्रमुख न्यौपानेले आत्महत्या तनावबाट सृजना हुने हुँदा तनाव व्यवस्थापन गरेर अघि बढ्न सक्यो भने मानसिक र शारीरिक सन्तुलन रहने र आत्महत्या सम्बन्धी भाबना नआउने र जीवन गुमाउन नपर्ने बताउनुभएको हो। जिल्ला भित्र आत्महत्या सम्बन्धी घटना न्यूनीकरण गर्नको लागि कार्यक्रममा एस पि न्यौपानेले तनाव व्यवस्थापनमा चासो नदिँदा आत्महत्या र गम्भीर मानसिक तथा शारीरिक समस्या उत्पन्न हुने बताउँदै “तनावलाई बेलैमा बुझेर व्यवस्थापन गर्न सकियो भने न मानसिक सन्तुलन गुम्छ, न त जीवन” भन्दै तनावमा रहन नहुने बताउनुभएको हो।
प्रहरी उपरीक्षक न्यौपानेले आत्महत्या न्यूनीकरण सम्बन्धी विभिन्न भिडियो क्लिप र कार्यपत्र मार्फत सकारात्मक सोच, शारीरिक मानसिक तनाब मुक्त रहने उपाय, आत्म नियन्त्रण र सन्तुलनमा आधारित रहेर जीवनशैली अपनाउने विविध विषय को बारेमा जानकारी सहित जीवनको महत्वको बारेमा जानकारी गराउनुभएको थियो।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि,विविध संस्थामा आबद्द व्यक्तित्वहरू, स्थानिय स्तरमा रहेका विविध क्षेत्रमा रहनुभएका बुद्धिजीवी तथा स्थानिय सर्वसाधारणको उल्लेखनिय सहभागिता रहेको थियो। कार्यक्रम मा मानसिक सन्तुलनको ख्याल राख्नुपर्ने विषयमा गम्भीर छलफल गरिएको थियो । प्रशिक्षण मा भएका छलफल र सकारात्मक विचार समाज घर परिवार मा जानकारी गराउने र मानसिक र शारीरिक रुपमा दबाब हुने गरी कसैलाई पनि समस्या मा पुर्याउन नहुने र आत्महत्या समाजको कारण ले उत्पन्न हुने हुँदा विचार गरेर अघि बढ्नुपर्ने विषय मा जोड दिइएको थियो।
जिल्लामा यो वर्ष पहिलो कार्यक्रम भए पनि सचेतना सम्बन्धी १ हजार ९ सय ८५ कार्यक्रम गरिसकेको र २९ हजार ७ सय ९७ स्याङ्जाबासी लाभान्वित भएको प्रहरी स्रोतबाट खुल्न गएको छ।