विद्यालय शिक्षा ऐन तत्काल जारी हुनुपर्छ : नेविसंघ

२०८२ असार ३०, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ ,३० असार । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले विद्यालय शिक्षा ऐन तत्काल जारी हुनुपर्ने माग राख्दै बिभिन्न क्याम्पस अगाडी प्रदर्शन गरेको छ ।

विद्यालय शिक्षा ऐनलाई रोक्ने षडयन्त्र भइरहेको भन्दै नेविसंघले तत्काल ऐन जारी गर्न माग राख्दै काठमाडौंका त्रिचन्द्र क्याम्पस, कमर्श क्याम्पस लगाएतका क्याम्पस अगाठी प्रदर्शन गरेका हुन् । उनीहरुले शत प्रतिशत खुल्ला प्रतिष्पर्धाबाट शिक्षक नियुक्ति हुनुपर्ने, विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने, विद्यार्थीको प्रतिनिधित्वविना सिनेट बैठक अमान्य हुने जनाएका छन् ।

यसै क्रममा कमर्श क्याम्पस अगाडी प्रदर्शन गर्ने केहि प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शान्तिपूर्ण विरोध प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गरी दर्जनौँ विद्यार्थी नेताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको नेविसंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय