घुस प्रकरणमा मुछिएका मन्त्रीलाई तत्काल बर्खास्त गर्न महामन्त्री थापाको निर्देशन

२०८२ असार ३०, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ ,३० असार । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले घुस प्रकरणमा मुछिएका मन्त्रीलाई तत्काल बर्खास्त गर्न प्रधानमन्त्रीलाई सुझाव दिनुभएको छ ।

नेपाली कांग्रेस पेशागत तथा बुद्धिजिवि बिभागले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले घुस प्रकरण नै सार्वजनिक भएपछि प्रधानमन्त्रीले मन्त्रीलाई तत्काल बर्खास्त गरि छानविन गर्नुपर्ने सुझाव दिनुभयो । छानविनका क्रममा दोषि देखिए कारवाही हुनुपर्ने उहाले बताउनुभयो । महामन्त्री थापाले घुस प्रकरणको अडियो सार्वजनिक भएपछि आफूले गल्ती गरेको होइन भन्ने आँट समेत मन्त्रीले गर्न नसकेको जिकिर गर्नुभयो । उहाले सत्ताको शक्ति प्राप्त गरेपछि पनि कानून भन्दा माथि कोहि नहुने बताउनुभयो ।

त्यस्तै थापाले न्यायापालीकालाई सफा र स्वतन्त्र बनाउनका लागि संविधान संशोधन गर्दा खुला रुपमा बहस गर्नुपर्ने बेला आएको समेत बताउनुभयो । समग्र न्यायापालीकाको पुनसंरचनाका लागि आवश्यक परे न्यायाधीशको पुनर्नियुक्त गर्न समेत तयार हुनुपर्ने उहाको भनाइ छ ।

महामन्त्री थापाले कांग्रेसको अनुशासन समितिले गरेको कारवाहीको निर्णयले पार्टीको एकता खल्बलिने धारणा राख्नुभयो ।

पार्टीभित्र कोतपर्वजस्तै अनुशासन पर्व चलेको भन्दै उहाले यो पार्टीको परम्परा र विधान, कानुनको हिसाबले उचित नरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय