काठमाडौं,३२ असार । वन तथा वातावरणमन्त्री ऐन बहादुर शाही ठकुरीले आफ्नो एक बर्षे कार्यकाल सन्तोषजनक रहेको बताउनुभएको छ ।
आफ्नो एक वर्षे कार्यकालको उपलब्धि सार्वजनिक गर्न बुधबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री र पार्टीको सहयोगमा आफुले सहज रुपमा काम गर्न पाएको भन्दै एक बर्षे कार्यकाल सन्तोषजनक रहेको बताउनुभएको हो ।


आफ्नो कार्यकालमा महत्वपूर्ण चारवटा रणनीीत तयार गरि कार्यान्वयनमा ल्याइएको उहाले बताउनुभयो । त्यस्तै उहाले सन २०२० सम्म ४५ दशमलव ३१ प्रतिशत रहेका वन क्षेत्र सरकार र समूदायद्वारा संरक्षण तथा व्यवस्थापन गरि ४६ दशमलव ०८ प्रतिशत पुगेको उल्लेख गर्नुभयो ।
त्यस्तै गत आर्थिक बर्ष ३ करोड क्युफिट उत्पादन भएको काठ चालू आर्थिक बर्षको जेठ मसान्तसम्म ३ करोड ३५ लाख क्युफिट उत्पादन भएको उहाले बताउनुभयो । उहाले काठको उत्पादनमा वृद्धि गरी काठमा देशलाई आत्मनिर्भर बनाउनको लागि समेत केन्द्रीत भएको धारणा राख्नुभयो ।
त्यस्तै मन्त्री ठकुरीले मानव वन्यजन्तु द्वन्द्व न्यूनिकरणका सन्दर्भमा समेत प्रभावकारी ढंगले काम भइरहेको उल्लेख गर्नुभयो । त्यस्तै उहाले मन्त्रालयको बजेट संघीयता कार्यान्वयन भएपछि कै बढी १८ दशमलव ५ प्रतिशतले बृद्धि भएको बताउनुभयो ।