जबर्जस्ती करणी मुद्दामा फरार कसुरदार पक्राउ

२०८२ श्रावण १, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पूजा खड्का
स्याङ्जा, १ साउन । पुतलीबजार नगरपालिका वडा नम्बर १३ बस्ने ५४ वर्षिय खुमा भन्ने खुम कुमारी दर्जी लाई जबर्जस्ती करणी कसुर मुद्दामा प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जा बाट खटिएको विशेष अप्रेशन टोलीले जबर्जस्ती करणी मुद्दामा फरार खुम कुमारी दर्जिलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिनुभयो।

अदालत बाट भएको फैसला कार्यान्वयन गर्दै चुस्त दुरुस्त र प्रभाबकारी बनाई न्यायिक कारबाहीलाई पूर्णता दिनको लागि र सुरक्षित र न्यायपूर्ण समाज निर्माणको सुनिश्चतताको लागि अदालतले २०८१/१/१६ गते को फैसलामा जबर्जस्ती करणी मुद्दामा २ महिना २३ दिन कैद तोकेको तर निज व्यक्ति फरार भएका हुँदा बिहीबार पक्राउ गरी भुक्तानको लागि अदालतमा उपस्थित गराएको सूचना अधिकारी चौधरीले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय