मेरो चरित्र हत्या गर्ने प्रयास भयो : मन्त्री बलराम

२०८२ श्रावण १, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, १ साउन। भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले आफ्नो चरित्र हत्या गर्ने प्रयास भएको बताउनुभएको छ ।

बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री अधिकारीले घुस लेनदेन सम्बन्धी अडियोमा आफ्नो नाम मुछेर चरित्र हत्या गर्ने प्रयास भएको बताउनुभएको हो । उहाले आफुले गल्ती गरेको प्रमाण आए जस्तोसुकै कारवाही भोग्न समेत तयार रहेको स्पष्ट पार्नुभयो ।

मन्त्री अधिकारीले अडियोमा बोल्ने भाषा, व्यक्त गर्ने व्यक्तिहरू आफू सम्बन्धित नभएको दावी गर्नुभयो । आफ्नो नामका साथै परिवारसँग समेत मुछेर स्वार्थ समूहले आफ्नो अभिष्ट पूरा गर्ने प्रयास गरेको उहाको भनाइ छ । त्यस्तै मन्त्री अधिकारीले कर्मचारी सरुवाको बिषय सरकारको नियमित काम भएकाले यसमा आफ्नो कुनै संलग्नता नरहेको धारणा राख्नुभयो ।

उहाले एक वर्ष पछि मन्त्रिपरिषद् पुनर्गठन हुने सहमति भएकाले पुनर्गठन हुन लागेको भन्दै आफु पदमा रहेसम्म देश र जनताका लागि जिम्मेवारी पुरा गर्ने बताउनुभयो ।

त्यस्तै आफ्नो कार्यकालमा भएका कामकारवाहीका बारेमा जानकारी दिदै मन्त्री अधिकारीले भूमिसम्बन्धी ऐन संशोधन विधेयक सदनमा पेश गरिएको, भूमि बैंक सञ्चालनका सन्दर्भमा कार्यान्वयनको मोडालिटी तयार भएको जानकारी दिनुभयो । त्यसैगरि बिभिन्न जिल्लामा २२ हजार ८ सय ८ जना जग्गाधनीलाई दर्ता प्रमाणपत्र उपलव्ध गराइएको उहाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय