आदिवासी जनजाती देशकै मौलिकता र पहिचान हुन् : सभापति देउवा

२०८२ श्रावण २, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, २ साउन । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले आदिवासी जनजाती देशकै मौलिकता र पहिचान भएको बताउनुभएको छ ।

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महसंघको स्थापना दिवसका अवसरमा शुक्रबार कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति देउवाले हिमाल, पहाड, तराई सवै ठाँउमा छरिएर रहेका आदिवासी जनजाती समूलाय देशको मौलिकता र पहिचान भएको बताउनुभएको हो ।

आदिवासी जनजाती समूदायका व्यक्तिहरुले देशको गौरव राख्ने काम गरेको उहाले बताउनुभयो । सभापति देउवाले नेपाललाई पहिचान सहितको राष्ट्र बनाउन सवैले आफ्नो कला संस्कृति र भेषभुषा जोगाउनुपर्नेमा जोड दिनुभयो । उहाले देशभर रहेका आदिवासी जनजाती लगाएत समूदायलाई कांग्रेसमा आवद्ध गराउन महासंघलाई आग्रह गर्नुभयो ।

त्यस्तै कांग्रेस महामन्त्री गगन कुमार थापाले अहिलेको संविधानमा भएको अधिकार कसैले दिएको नभएकाले कसैले खोसेर लैजान नसक्ने बताउनुभयो । उहाले पार्टीभित्र कार्यदल बनाएर संविधान संशोधनका लागि आवश्यक मत बनाउने उल्लेख गर्नुभयोे । पार्टीको मत निर्माण भएपछि एमालेसंग छलफल गर्ने र दुई दलबीच सहमति भएपछि अन्य दलसंग संविधान संशोधनका बारेमा संम्वाद गर्ने उहाले बताउनुभयो ।

उहाले संघमा अहिले २५ वटा मन्त्रालय आवश्यक नरहेको भन्दै ८ मन्त्रालय भए पुग्ने बताउनुभयो । थापाले प्रदेश सरकार पनि संघ अनुसार नै चलिरहेको भन्दै प्रदेश सञ्चालनको बिषयलाई पनि ध्यान दिने बेला आएको जिकिर गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय