काठमाडौ, ६ साउन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कुलिङ अफ पिरियडका विषयमा राज्य व्यवस्था समितिका सभापति रामहरी खतिवडाको गल्ती रहेको बताउनुभएकाे छ। बीपी कोइरालाको ४३ औँ स्मृति दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजना कार्यक्रममा कोइरालाले कुलिङ अफ पिरियडका विषयमा कांग्रेस सांसदहरूका साथै राज्य व्यवस्था समितिका सभापतिको समेत गल्ती रहेको बताउनुभएकाे हाे ।
तर सच्याउने नाममा राष्ट्रिय सभामा एमालेका सांसदहरूले कुलिङ पिरियड हटाउनुपर्छ भनेर लेख्ने भनेको कांग्रेसको कोर भ्याल्युजमा अट्याक गरेको हो की होइन भन्ने बुझ्न जरुरी रहेको कोइरालाको भनाइ छ। उहाँले गठबन्धनको सरकारमा एमालेले कांग्रेसको कोर भ्यालुमाथि आक्रमण गर्दा कांग्रेस निरिहजस्तै देखिएको बताउनुभयाे। उहाँले कुलिङ अफ पिरियडलाई हटाउने एमालेको प्रयास स्वीकार्य नहुने विषय पार्टी सभापतिले प्रधानमन्त्रीलाई स्पष्ट राख्न सक्नुपर्ने धारणा राख्नुभयाे।

