काठमाडौ, ६ साउन । शहरी बिकास मन्त्रालयले आर्थिक बर्ष २०८१–८२ मा ११ हजार वटा सुरक्षित आवास निर्माण गरेको जनाएको छ ।
आर्थिक बर्ष २०८१–८२ मा भएका प्रमुख कार्यका बारेमा जानकारी गराउन मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै शहरी बिकास मन्त्रालयले सोहि अवधिमा ५ वटा आकस्मिक आश्रय भवन निर्माण भएको समेत जनाएको छ । त्यस्तै पहुँच सुधारका लागि रणनीतिक रुपमा महत्वपूर्ण रहेको नेपालको सवैभन्दा लामो त्रिवेणी सुस्त बहुत्तरी झोलुङ्गेपुल सञ्चालनमा आएको, धरहरा परिसरमा निर्मित मुख्यमुख्य संरचनाहरु सर्वसाधारणका लागि खुला गरिएको, फोहरमैला व्यवस्थापन गर्न हालसम्म २ वटा व्यवस्थापन केन्द्रको निर्माण भइरहेको र १ केन्द्रको निर्माण भइरहेको मन्त्रालयका प्रवक्ता नारायण प्रसाद मैनालीले जानकारी दिनुभयो ।


त्यस्तै राष्ट्रिय शहरी नीति, २०८१, नेपाल स्मार्ट शहर सम्बन्धी सुचकका साथै बिशिष्ठ संरचना तथा सम्मेलन केन्द्र गठन बिकास समिति सञ्चालन तथा व्यवस्थापन आदेश कार्यान्वयनमा आएको उहाले बताउनुभयो ।
यसैगरि अन्तराष्ट्रियस्तरको त्रिवि क्रिकेट स्टेडियम अन्तर्गत प्याराफेट र फ्लडलाइट निर्माण कार्य अन्तिम चरणमा पुगेको, ९७ वटा स्वास्थ्य भवन निर्माण, ५ वटा सभाहल, २१ वटा सरकारी कार्यालय भवन निर्माण, ९७ वटा विद्यालय भवन निर्माण भएको प्रवक्ता मैनालीले जानकारी दिनुभयो ।