संगम भण्डारी
स्याङ्जा,६ साउन । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले फरार रहेको चार जना कसूरदारलाई पक्राउ गरी अदालतबाट तोकिएको जरिवाना असुल गरेको छ। पक्राउ परेका मध्ये एकजनालाई बैंकिङ कसूर मुद्दामा १० दिन कैद र ७ लाख २५ हजार रुपैयाँ जरिवाना तोकिएको छ भने अन्य तीन जनाले अंशबण्डा मुद्दामा ५ सय ७८ रुपैयाँ ७७ पैसा जरिवाना तिर्नुपर्ने छ।


पक्राउ पर्नेहरूमा पुतलीबजार नगरपालिका मिना खाती र चापाकोट नगरपालिकाका हरि प्रसाद पौडेल, कृष्ण प्रसाद पौडेल र यामाया पौडेल रहेको जिल्ला प्रहरी कार्यालयका स्याङ्जाका सुचना अधिकारी प्रसन्न राज चौधरी जानकारी दिनुभयो।
यस घटनाले कानुनी प्रक्रिया अघि बढाउन र फरार अपराधीलाई कानुनको दायरामा ल्याउन जिल्लामा प्रहरी सक्रिय रहेको देखाएको छ। पक्राउ परेका सबैलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत स्याङ्जामा पेश गरिएको छ