संगम भण्डारी
स्याङ्जा, ६ साउन । स्याङ्जा जिल्लाका विभिन्न स्थानमा ११ हजार ५४ वटा हरियो गाँजाका बोट फडानी गरी नष्ट गरेको छ।


अवैध लागू पदार्थ नियन्त्रण, समाजमा शान्ति सुरक्षाको प्रवर्द्धन, कानुनको कार्यान्वयन र जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय स्याङ्जा र मातहतका प्रहरी कार्यालयबाट खटिएका प्रहरीको टोलीले स्थानीय समुदायको सहकार्यमा स्याङ्जा जिल्लाका विभिन्न स्थानमा ११ हजार ५४ वटा हरियो गाँजाका बोट फडानी गरी नष्ट गरिएकाे हाे ।
२०८२ साउन ६ गते गरिएको विशेष अभियानमा स्थानीय तहका पदाधिकारीहरू, युवा क्लब र आमा समूहको सक्रिय सहभागिता रहेको जिल्ला प्रहरी कार्यालयका स्याङ्जाका सुचना अधिकारी प्रसन्न राज चौधरी जानकारी दिनुभयो ।