ठूला दल मिलेर बनेको सरकार भ्रष्टाचारमा लिप्त छ : अध्यक्ष लिङ्देन

२०८२ श्रावण ७, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ ,७ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला दल मिलेर बनेको सरकार भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाउनुभएको छ ।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष लिङ्देनले कांग्रेस र एमाले जस्तो दुई ठुला पार्टी मिलेको सरकारले देश लुट्नलाई टेन्डर पारेजस्तो व्यवहार भइरहेको बताउनुभयो ।

उहाले कुन मन्त्रीले कुन मन्त्रीभन्दा छिटो र कसले धेरै कमाउने भन्दै प्रतिस्पर्धा चलिरहेको जिकिर गर्नुभयो । सार्वजनिक विवादमा आएका एक दर्जन मन्त्रीहरू विवादमा आएका भन्दै तिनीहरूको छानबिन गर्नुपर्ने अवस्था आएको उहाले बताउनुभयो ।

अध्यक्ष लिङ्देनले अहिले भ्रष्टाचार कहाँ कहाँ छ भन्दा भ्रष्टाचार कहाँ छैन भनेर खोज्नुपर्ने अवस्था आएको जिकिर गर्नुभयो । भ्रष्टाचारको अन्त्य कर्मचारीलाई कारवाही गरेर मात्रै नहुने भन्दै उहाले राजनीतिक तहमा नै छानविन हुनुपर्ने माग गर्नुभयो ।

उहाले सदनमा निरन्तर छानविन समिति बनाउन माग गर्दा पनि सरकारले नसुनेको भन्दै अव सडकबाट दवाव दिने चेतावनी दिनुभयो । आफ्ना माग पुरा नभएको भन्दै राप्रपा सांसदहरुले समेत सदन बहिष्कार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय