धनराज गुरुङको पुरानो तस्बिरलाई लिएर सामाजिक सञ्जालमा गलत प्रचार, सचिवालयको आपत्ति

२०८२ श्रावण ९, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ ,९ साउन । नेपाली काङ्ग्रेसका उपसभापति एवं प्रतिनिधि सभा सदस्य धनराज गुरुङको पुरानो तस्बिरलाई लिएर सामाजिक सञ्जालमा गलत प्रचार गरिएपछि गुरुङको सचिवालयले आपत्ति जनाएको छ ।

बिहीबार गुरुङको सचिवालयले विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमा भएको गलत प्रचारप्रति ध्यानाकर्षण भएको जनाएको हो ।

सामाजिक सञ्जालमा सम्बन्ध बिच्छेद हुनुपूर्व पत्नी ज्योति गुरुङसँग खिचिएको फोटोलाई हालै न्युयोर्कमा घुमघाम गर्दै खिचिएको फोटो भनी भ्रमपूर्ण प्रचारप्रसार गरिएपछि सचिवालयले ध्यानाकर्षण भएको जनाएको हो ।

‘सामाजिक सञ्जालमा प्रचार गरिएको फोटो सम्बन्ध विच्छेद हुनुपूर्व खिचिएको सबैलाई जानकारी गराइन्छ । माननीय धनराज गुरुङ संविधानसभा सदस्य भएको हुँदा उक्त फोटोमा संविधानसभा सदस्यको लोगो प्रस्ट देख्न सकिन्छ । २०७६ सालमा सम्बन्ध विच्छेद भैसकेको हुँदा हाल आएर उक्त तस्बिर राजनैतिक प्रतिशोधका कारण प्रचार गरिएको सचिवालयको ठहर छ,’ विज्ञप्तिमा भनिएको छ ।

व्यक्तिको चरित्र हत्या गर्ने उद्देश्यले सामाजिक सञ्जालमा फोटो राख्नेलाई  सञ्जालको दुरुपयोग नगर्न सचिवालयले आग्रह समेत गरेको छ ।

सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्रहत्या गर्ने कार्य नरोकिएमा कानुनी उपचारको बाटो अपनाउन बाध्य हुने समेत सचिवालयले चेतावनी दिएको छ ।

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय