क्रान्ति अर्याल
स्याङ्जा, ९ साउन । वुटवल पावर कम्पनी लिमिटेड गल्याङले एक सूचना जारी गर्दै आउँदो शनिवार (साउन १० गते) गल्याङ र वरपरका क्षेत्रमा विद्युत आपूर्ति अस्थायी रूपमा अवरुद्ध हुने जानकारी गराएको छ ।
कम्पनीका अनुसार राङखोलादेखि गल्याङसम्मको ३३ के.भी. प्रसारण लाइनमा पर्ने रूखका हाँगाबिँगा काट्ने तथा छाँट्ने आवश्यक कामका कारण सो दिन बिहान ७:०० बजेदेखि दिउँसो ३:०० बजेसम्म विद्युत सेवा अनियमित हुने जानकारी दिएको छ ।


सुरक्षाका दृष्टिले लाइन सटडाउन गर्नुपर्ने भएकाले गल्याङ क्षेत्र अन्तर्गत वितरण हुँदै आएको सम्पूर्ण स्थानहरूमा विद्युत आपूर्ति प्रभावित हुन सक्ने चेतावनी दिइएको छ ।
यद्यपि तोकिएको समयभन्दा अगावै कार्य सम्पन्न भएमा विद्युत सेवा तत्काल पुनः सुचारु गरिने जानकारी कम्पनीले दिएको छ ।