चितवनमा लोडसेडिङ सुरु भएको भन्ने कुरामा सत्यता छैन : हितेन्द्रदेव शाक्य

२०८२ श्रावण ११, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं ११ साउन । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले चितवनमा लोडसेडिङ सुरु भएको भन्ने कुरामा कुनै सत्यता नरहेको बताउनुभएको छ ।

आइतबार काठमाडौंमा सञ्चारकर्मीसंग कुरा गर्दै शाक्यले मर्मत कार्यका लागि विद्युत आपूर्ति रोकिएको भन्दै लोडसेडिङ भनेर गलत तरिकाले व्याख्या गरिएको बताउनुभयो । चितवनमा रहेको सवस्टेशन अपगे्रड गर्नका लागि पुरानो कन्डक्टर फेर्ने काम भएकाले आइतबार र सोमबार विद्युत आपूर्ति बन्द गर्न लागिएको उहाले जानकारी दिनुभयो । शाक्यले पुरानो कन्डक्टरका कारण लोड धान्न नसक्ने अवस्था आएपछि नयाँ कन्डक्टर परिवर्तन गर्न खोजिएको बताउनुभयो । उहाले विधुत क्षमताबृद्धि गर्दा पुरानो नेटवर्क धान्न नसकेका कारण बत्ति जाने समस्या देखिएको उल्लेख गर्नुभयो ।

त्यस्तै शाक्यले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता विवाद समाधानका लागि गठित प्रशासकीय पुनरवलोकन समितिको म्याद थप ३५ दिनका लागि थप गरिएको जानकारी दिनुभयो । समितिले निर्णय गरेपछि बक्यौता उठाइने भन्दै शाक्यले बक्यौता उठ्न नसके लाइन काटिने स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय