काठमाडौं, ११ साउन । नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले वर्तमान सरकारले सोचेजस्तो काम गर्न नसकेपनि ८४ सम्म निरन्तर जाने बताउनुभएको छ ।
आइतबार काठमाडौंमा पत्रकारसंगको छलफलमा नेता सिटौलाले वर्तमान सरकारको बिकल्प नरहेकाले सोचेजस्तो काम गर्न नसकेपनि ८४ सम्म निरन्तर जाने बताउनुभएको हो । उहाले सरकार गठनका समयमा भएको सहमतिका आधारमा सरकारले आफ्नो कार्यकाल पुरा गर्ने धारणा राख्नुभयो ।


सिटौलाले संविधान संशोधनका लागि सरकारले कार्यदल बनाउने विश्वास व्यक्त गर्नुभयो । त्यस्तै उहाले कांग्रेसका महाधिवेशन २०८३ साल मङ्सिरको आसपासमा सम्पन्न गर्नुपर्ने जिकिर गर्नुभयो ।
कांग्रेसको महाधिवेशन ४ बर्षमा कहिल्यै नभएको उल्लेख गर्दै सिटौलाले थप हुने एक बर्षभित्र महाधिवेशन गर्नैपर्ने बताउनुभयो ।
उहाले बागमती प्रदेशको सरकार फेरवदलको कुरा कांग्रेस बागमती प्रदेश संसदीय दलको बिषय भएको बताउनुभयो । बागमती प्रदेशमा कांग्रेस सांसदहरु मिल्ने उत्तम भएपनि मिल्न नसके प्रक्रियाबाट अघि बढ्ने उहाको भनाइ छ । सिटौलाले बागमती प्रदेशमा अविश्वासको प्रस्तावले कांग्रेसलाई नै क्षति गर्ने समेत उल्लेख गर्नुभयो ।