काभ्रे, ११ साउन । लिजेन्ड्स् प्रोपर्टी र हिमालयन बैंकको संयुक्त आयोजनामा काभ्रेको बालुवास्थित नयाँ गाउँ जग्गा विकास आयोजनामा वृक्षरोपण गरिएको छ ।
सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजित कार्यक्रमले वातावरण संरक्षण र परियोजनाको सौन्दर्य वृद्धिमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।


कार्यक्रममा हिमालयन बैंकका डीसीईओ अनुप मास्के, कर्पोरेट क्रेडिट प्रमुख सुनील गोर्खाली, रिटेल क्रेडिट प्रमुख जयन्द्रविक्रम शाह, बागमती प्रदेश प्रमुख शंकर जोशी, सूर्यविनायक शाखा प्रमुख सुनील सापकोटा तथा भक्तपुर, बनेपा र पनौती शाखाका प्रमुखको सहभागिता थियो ।
त्यस्तै पाँचखाल नगरपालिकाका मेयर रमेश खरेल, वडाध्यक्ष नारायण सापकोटा, लिजेन्ड्स् प्रोपर्टीका सल्लाहकार पूर्वपर्यटन सचिव केदारबहादुर अधिकारी, प्रबन्ध निर्देशक रविन चाम्लिङ राई, चिफ इन्जिनियर दिनेश पोखरेल, डाइरेक्टर राजाराम कुस्मा र राकेश भेले, इन्जिनियर भुवन कुस्मा, पदम विष्ट, सर्भेयर ऋतिक रिमाल, सुदिप पाठकलगायत कर्मचारीको पनि सहभागिता थियो ।
कार्यक्रममा अनुप मास्केले लिजेन्ड्स् प्रोपर्टीसँग सहकार्य गरेर बृहत् वृक्षरोपण अभियान सञ्चालन गर्न पाउँदा गौरवको अनुभूति भएको बताए । उनले जग्गा विकास परियोजनालाई व्यवस्थित बनाउन वृक्षरोपणले थप आकर्षण र हरियाली प्रदान गर्ने उल्लेख गर्नुभयाे।
मेयर रमेश खरेलले नगरपालिकाका तर्फबाट व्यवस्थित सहर निर्माणका लागि आवश्यक सहयोग गर्न सदैव तत्पर रहने प्रतिबद्धता जनाउँदै, यस्तो अभियानले स्थानीय बासिन्दा र वातावरण दुवैलाई लाभ पुर्याउने बताउनुभयाे ।