प्रहरी सहायक हवल्दार कर्ण बहादुर सारु असार महिनाको उत्कृष्ट प्रहरी छनोट

२०८२ श्रावण १२, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पूजा खड्का
स्याङ्जा, १२ साउन । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले असार महिनाको उत्कृष्ट प्रहरी भन्दै प्रहरी सहायक हवल्दार कर्ण बहादुर सारुलाई असार महिनाको उत्कृष्ट प्रहरी छनोट  गरेको छ।उत्कृष्ट प्रहरी छनोट कार्य विधि २०८१ बमोजिम २०८२ असार महिनाको उत्कृष्ट प्रहरीको महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै छनौट गरेको हो।

प्रहरी सहायक हवल्दार सारुले असार महिनामा विभिन्न मुद्धामा दोषी ठहर भई फरार रहेका १७ जना र बैंकिङ्ग कसुर मुद्धामा मुद्धा दर्ता भई फरार रहेका ९ जना महिला लाई पक्राउ गरी फैसला कार्यान्वयन तथा अपराध नियन्त्रण कार्य गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सफल रहेको भन्दै असार महिनाको उत्कृष्ट प्रहरी छनोट गरेको खुल्न गएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय