नेपालको स्वास्थ्य क्षेत्रमा थप लगानी आवश्यक छ : मन्त्री पौडेल

२०८२ श्रावण १२, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं १२, साउन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले नेपालको स्वास्थ्य क्षेत्रमा धेरै सुधार गर्नुपर्ने भन्दै त्यसका लागि थप लगानी आवश्यक रहेको बताउनुभएको छ ।

वीर अस्पतालको १३६ आँै वार्षिकोत्सव समारोहमा उहाँले स्वास्थ्य क्षेत्र सुधार भएपनि पूर्ण हुन नसकेको भन्दै धेरै सुधार गर्न थप लगानी आवश्यक रहेको बताउनुभएको हो ।

उहाँले भदौ महिनासम्म सबै अस्पतालको स्वास्थ्य बिमा रकम फरफारक गर्ने प्रयास भइरहेको जानकारी दिनुभयो । मन्त्री पौडेलले वीर अस्पताल सुधार भए समग्र स्वास्थ्य सेवा क्षेत्रको सुधार गर्न सकिने धारणा राख्नुभयो ।

वीरमा आवश्यक उपकरणलगायत पूर्वाधार उपलब्ध गराउन मन्त्रालयले अधिकतम प्रयास गर्ने उहाको भनाइ छ । .

अस्पतालका निर्देशक प्रा डा दिलीप शर्माले अस्पतालमा दैनिक करिब दुई हजार ५०० सयभन्दा बढीले सेवा लिने गरेका बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय