कार्बन उत्पादनमा लास्टमा रहेको नेपाल असरमा भने पहिलो स्थानमा छ : ठाकुर प्रसाद गैरे

२०८२ श्रावण २६, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौ, २६ असार । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिका सभापति ठाकुर प्रसाद गैरेले कार्बन उत्पादनको अन्तिम सुचीमा रहेको नेपाल जलवायु परिवर्तनको असरमा भने पहिलो स्थानमा रहेको बताउनु भएको छ ।

इन्टनेसनल युथ डे को अवसर पारेर राइज अप फाउन्डेसन नेपालले आइतबार काठमाडौको बसुन्धारामा रहेको क्यानभास इन्टरनेशनल कलेजमा आयोजना गरेको कार्यक्रममा बोल्दै गैरेले जलवायु परिवर्तनका कारण नेपालका हिमालहरु काला पत्थरमा परिणत हुँदै गएको धारणा राख्नुभयो । उहाँले भन्नुभयो ” जलवायु परिवर्तनको असर सबैभन्दा धेरै नेपालमा परेको छ । कुहिएर खेर जाने काठ समेत नेपालले प्रयोग गर्न नपाएको प्रसङ्ग जोड्दै उहाँले खेरजाने काठसम्म प्रयोग गर्न पाउने कानुन आवश्यक रहेको धारणा समेत राख्नुभयो ।

कलेजमा भएको कार्यक्रम हुँदा विद्यार्थीहरुको उल्लेखनीय सहभागिता रहेको थियो । उपस्थित सहभागीले जलवायु परिवर्तन र यसले नेपालमा पारेको असरका बिसयमा निकै चासो राखेका थिए ।

माइली श्रेष्ठ र क्रिस्टिना उप्रेतीको संचालन रहेको कार्यक्रममा जलवायु समानता, वर्तमान प्रवृत्ति, र परिवर्तनको एजेन्टको रूपमा युवाहरूमा परिदृश्य अन्तर्दृष्टिबारे राइज अप फाउन्डेसन नेपालका अध्यक्ष दिपक बस्यालले प्रष्ट पार्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय