सप्तकोसी नदीमा पानीको बहाव बढ्दो क्रममा, १९ ढोका खुला

२०८२ श्रावण २७, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

सुनसरी, २७ साउन ।  पूर्वी पहाडी तथा तराईका जिल्लामा भएको वर्षाले सप्तकोसी नदीमा कोसी बराज भएर बग्ने पानीको बहाव बढ्दै गएको छ।

सोमबार राति ८ः०० बजे गरिएको मापनअनुसार कोसी ब्यारेजमा पानीको बहाव एक लाख ७४ हजार ४९४ क्युसेक प्रतिसेकेण्ड रहेको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिनुभयाे।

सप्तकोसी नदीमा बहाव बढ्दो क्रममा रहेकाले ५२ वटा मूल र चार वटा नहरको गरेर ५६ वटा ढोकामध्ये १९ वटा ढोका खुला गरिएको छ भने खतराको संकेतस्वरूप रातो बत्ती बालिएको उहाँले बताउनुभयाे।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार