पूजा खड्का
स्याङ्जा, २७ साउन । स्याङ्जाको अर्जुन चौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारी अनलाइन खबरले ४० वर्षमुनिका ४० प्रभावशाली युवाहरूलाई गरेको सम्मान अन्तर्गत प्रभावशाली ४० युवाको सूचीमा छनौट हुनुभएको छ।


अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर अनलाइन खवरले सोमबार काठमाडौमा आयोजित ठमेल स्थित होटल अलफ्टमा प्रभावशाली युवाहरूको सूचीमा विशेष समारोहका बीच प्रभावशाली युवाहरुलाई सम्मान गर्ने कार्यक्रम राखेको थियो। कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारी सहित ४० युवाहरू लाइ अवार्ड प्रदान गर्नुभएको थियो।
पछिल्लो समय स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट अर्जुनचौपारी गाउँपालिकामा अध्यक्षमा निर्वाचित हुनु हुनुभएको तिवारी लाई ४० वर्ष मुनिका युवा सामाजिक राजनीतिक र विकासमा नया किसिमबाट प्रस्तुत गरेकाे भन्दै अनलाइन खवरले सम्मान गरेको हो। राजनीतिमा आउनुपूर्व लामो समयदेखि रयाडीसन् होटलका संचालक रहँदै आउनुभएका तिवारी पुँजी बजारका सफल युवा उद्यमीको रुपमा चिनिनुहुन्छ।
अध्यक्ष निर्वाचित भएपश्चात तिवारीले पालिकाको विकास र समृद्धिको लागि शिक्षा, स्वास्थ्य, रोजगार, खेल र धार्मिक पर्यटनको क्षेत्रलाई अब्बल बनाउन प्रयासरत रहनुभएको देखिन्छ। पालिका अध्यक्ष तिवारीको प्रयासमा पालिकामा नेपालकै पहिलो नवग्रह मन्दिरको निर्माण गरेर नेपाललाई नै विश्वमाझ धार्मिक पर्यटकिय हिसाबमा चिनाउन र पालिकाको समृद्धि र सहजीकरणको लागि अघि बढेको पाइन्छ। त्यसैगरी स्याङ्जामा अहिलेसम्म नभएको क्रिकेट मैदान नाइन्टिन ओ सेवन उचाइमा क्रिकेटर सन्दिप लामिछानेको सम्मानमा बनाउने तयारी रहेको छ।
त्यसैगरी पालिकाले स्थानीयको सहजीकरणको लागि गाउँपालिका कार्यालय देखि पालिका भित्र रहेका ६ वटा वडा सम्म पुग्न सहजीकरणको लागि सडक कालोपत्रे गर्ने लक्ष्य सहित अघि बढेको छ। यसको लागि वडा १,२,३ सम्पन्न भएको छ भने वडा नम्बर ४ मा कालोपत्रेको काम हुँदैछ भने वडा नम्बर ५ र ६ यही कार्यकालमा सक्ने गरी कार्य अघि बढेको छ।
देशमा विविध नकारात्मक परिसूचकहरूका बीचमा केही पनि भएन भन्ने नकारात्मक भाब लाई चिर्ने उद्देश्य सहित समाजमा फरक किसिम बाट परिवर्तनको भूमिका खेलिरहेका युवाहरूलाई परिचित गराउने र प्रतिभा उजागर गर्ने उद्देश्य सहित फरक प्रतिभा बाट अघि बढेका व्यक्तिहरूको प्रोत्साहन र सम्मान स्वरुप अनलाइनखबरले गत वर्षदेखि ४० युवाहरूको सूची सार्वजनिक गर्न थालेको पाइन्छ। कार्यक्रममा अनलाइन खवरका प्रबंध निर्देशक भुसालले समाजमा केहि पनि भएको छैन केही पनि हुने वाला छैन भने पात्रहरूको आसय लाई चिर्दै समाजको यो अवस्थामा पनि चालीस वर्ष मुनिका व्यक्तितत्वहरूले समाजमा आफ्नो क्षेत्रमा योगदान दिनुभएको अत्याचारको बीचमा अनलाइन खवरले जूनकीरी खोजें प्रयास गरेको उल्लेख गर्नुभएको थियो। यो सूची त्यसैको प्रतिबिम्ब भएको उल्लेख गर्दै चालीस मुनिका चालीस लाई सम्मान गरेको बताउनुभयो। अनलाइन खवरले १०८१ मा पनि उत्कृष्ट प्रभावशाली चालीस मुनिका चालीस युवालाई सम्मान गरेको थियो।