मुलुकको बिकासका लागि राजनीतिक स्थिरता आवश्यक रहेको छ : सूचनामन्त्री गुरुङ

२०८२ श्रावण २८, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं,  २८ साउन। सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकको बिकासका लागि राजनीतिक स्थिरता आवश्यक रहेको बताउनुभएको छ ।

बुधबार काठमाडौंमा स्वाबलम्बन विकास केन्द्रको ३४औँ वार्षिकोत्सवमा बोल्दै मन्त्री गुरुङले डेमोक्रेशी बिकासका लागि उत्तम बिकल्प भएपनि राजनीतिक स्थिरताबिना बिकास सम्भव नरहेको बताउनुभएको हो । नेपालमा अस्थीरताका कारण धेरै समस्या देखिएकाले स्थायीत्वका लागि ठूला दलको समिकरण बनाएको उहाले बताउनुभयो ।

मन्त्री गुरुङले देशभर छरिएर रहेका साना–साना उत्पादनहरुलाई व्यवसायकमुखी बनाउन सके देश माथि उठ्न सक्ने धारणा राख्नुभयो ।

कार्यक्रममा दुई लाख रुपैया राशिको लघु उद्यमशील विकास पुरस्कार छिमेक लघुवित्त विकास संस्थालाई गरिएको छ भने दुई लाख राशिको शङ्करमान श्रेष्ठ लघुवित्त पुरस्कार सफल योगेन्द्र मण्डललाई प्रदान गरिएको छ ।

त्यस्तै ५० हजार राशिको उत्कृष्ट लघु उद्यमी सदस्य पुरस्कार विमला थारु, जमुना घिमिरे र आशा बुढामगरलाई प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय