काठमाडौं ,२८ साउन । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ समेत जोडिएको ललितपुर महालक्ष्मी स्थानमा रहेको मितेरी सहकारी ठगी प्रकरणको अनुसन्धान सकेर प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमा उपसभापति गुरुङको संलग्नताबारे प्रमाण फेला नगरेकोले उहाँलाई मुद्दाका चलाउने राय दिइएको छैन । सीआईबीको अनुसन्धानबाट गुरुङ निर्दोष सावित हुनुभएकाे छ ।
ज्योति गुरुङसँगै बर्दियाको बाँसगढी गाउँपालिका–७ घर भएका ४२ वर्षीय ज्योतिबहादुर भण्डारी, धादिङको धुनीवेशी नगरपालिका–९ घर भएका सुवास खत्री, बाँसगढी–७ का सुरेश अधिकारी, प्रकाश थापा, हितमान थापासहित ११ जनालाई प्रतिवादी बनाउन सीआईबीले सिफारिस गरेको छ । जसमध्ये भण्डारी, खत्री र अधिकारीमात्रै पक्राउ परेका छन् ।


जसमा सहकारीको करिब १४ करोड ठगी गरिएको उल्लेख गर्दै सोही अनुसारको बिगो मागदाबी गरिएको छ । यसका साथै सहकारीको रकम तिर्ने भन्दै उल्टै सहकारीका सञ्चालकहरूको करिब साढे तीन करोड रुपैयाँ ठगी गरेको भन्दै उक्त बिगो पनि मागदाबी गर्नुपर्ने राय सीआईबीले दिएको छ ।