प्रशासन कार्यालय स्याङ्जामा बिहान ८ बजेदेखि सेवा सुरु

२०८२ श्रावण २८, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पूजा खड्का
स्याङ्जा, २८ साउन । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले राष्ट्रिय परिचय पत्र बनाउने हरुको भीड भएको कारण  बिहान ८ बजेदेखि सेवा दिएको छ।

नेपाल सरकारले विभिन्न सार्वजनिक सेवा प्रवाहमा राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गरे सङ्गै सामाजिक सुरक्षा भत्ताको नवीकरण चलिरहेको र सेवा ग्राहीको चाप अत्यधिक बढेको हुँदा बुधबारदेखि २ घण्टा समय बढाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। सेवा ग्राहीको आवश्यकतालाई मध्यनजर गर्दै सेवा प्रवाह व्यवस्थित र प्रभाबकारी बनाउने उद्देश्य सहित बुधबार बाट समय थपिएको स्याङ्जा प्रमुख जिल्ला अधिकारी इश्वरी प्रसाद अर्यालले जानकारी गराउनुभयो।

सामाजिक सुरक्षा भत्ता, बैंक खाता संचालन, वैदेशिक रोजगार लगायत विविध क्षेत्रमा राष्ट्रिय परिचय पत्र आवश्यकता गराए सँगै राष्ट्रिय परिचयपत्र बनाउनेको संख्यामा वृद्धि भएपछि प्रशासनले सार्वजनिक बिदाका दिन बाहेक बाकी दिन बिहान ८ बजेदेखि सेवा सुरु गरेको प्रमुख जिल्ला अधिकारी अर्यालले विज्ञप्ति सहित जानकारी गराउनुभएको छ।

राष्ट्रिय परिचयपत्र बनाउने काम दुई स्थानबाट हुँदै आएकोमा अर्को सातादेखि अवस्था हेरिकन बढ्दै गएमा स्थान थप गर्दै सेवा प्रवाह गर्ने सहायक प्रमुख जिल्ला अधिकारी तथा जिल्ला प्रशासन कार्यालय स्याङ्जा का सूचना अधिकारी दीपक पौडेलले जानकारी दिनुभयो। साथै सबै स्थानिय तहलाई सेवा लिन जान सुसूचित गरी समन्वय गर्न अनुरोध पनि गरिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय