मुक्तिनाथ बैंकले पुतलीबजारका विद्यार्थीलाई गर्याे पोशाक वितरण

२०८२ श्रावण २९, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

पूजा खडका
स्याङ्जा, २९ साउन । मुक्तिनाथ विकास बैक लिमिटेडले पुतलीबजार नगरपालिका वडा नम्बर १३ स्थित दियालो आधारभूत विद्यालयका ४५ जना विद्यार्थीहरूलाई पोशाक अन्तर्गत ट्र्याक सुट वितरण गरेको छ।

कार्यक्रम मुक्तिनाथ विकास बैंक का संचालक समिति सदस्य पुतलीबजार नगरपलिकाका विज्ञ संयोजक तथा स्याङ्जा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख भारत लम्साल को प्रमुख आतिथ्यतामा सम्पन भएको हो। सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मुक्तिनाथ विकास बैंकले पुतलीबजार नगरपालिका वडा नम्बर १३ मा रहेको दियालो आधारभुत विद्यालयमा अध्ययनरत ४५ जना विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरेको मुक्तिनाथ विकास बैंकका क्षेत्रीय प्रबंधक ऋषि ढकालले जानकारी दिनुभयो।

कार्यक्रमका अवसरमा बोल्दै प्रमुख अतिथि मुक्तिनाथ विकास बैंकका संचालक समिती सदस्य तथा स्याङ्जा बहुमुखी क्याम्पसका सस्थापक एवम् क्याम्पस प्रमुख भरतप्रसाद लम्सालले पुतलीबजार नगरपालिका बाट सुरुवात भएको मुक्तिनाथ विकास बैंक पुतलीबजार प्रति उत्तिकै उत्तरदायी रहेको बताउनुभयो। उहाले जिल्लाबाट सुरु भएर केन्द्र सम्म पुग्न सफल हुनुमा आम नागरिकको माया रहेको उल्लेख गर्नुभयो। उहाले त्यही माया स्वरुप मुक्तिनाथ विकास बैक ले आफ्नो उत्तरदायी सम्झेर पालिका भित्र का विविध समस्या माथि समाधान पुर्याउने उद्देश्य सहित शिक्षा स्वास्थ्य जस्ता विविध क्षेत्रमा सहयोग गर्दै मुक्तिनाथ विकास बैक अघि बढिरहेको बताउनुभयो। त्यसैगरी लम्साल ले पुतलीबजार १३ भौगोलिक विकटता, शिक्षा, स्वास्थ्य लगायत विविध क्षेत्रमा उपेक्षित रहेको उल्लेख गर्दै विकास र निर्माण को लागि पहल को आवश्यकता रहेको बताउनुभयो। उहाले मुक्तिनाथ विकास बैंक विशेष गरी शिक्षा मा जोड गर्दै आएको र वडा नम्बर १३ भित्र का आधारभूत विद्यालय मा केहि न केहि शैक्षिक सामग्री बैंकले वितरण गर्ने प्रतिबद्धता गर्नुभयो। उहाले शिक्षा क्षेत्रलाई प्राथमिकता मा राख्दै अघि बढेमा विकास का मार्ग खुल्ने बताउँदै शैक्षिक क्षेत्रमा विकास गर्न बैंक तयार रहेको र आवश्यक पनि रहेको उहाले बताउनुभयो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहम्मद अलिको अध्यक्षतामा सुरुवात भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य विद्यालय का प्रधानाध्यापक हरी प्रसाद कोइरालाले राख्नुभएको थियो। कार्यक्रम संचालन विद्यालय की शिक्षिका मिना ढकाल ले गर्नुभएको उक्त कार्यक्रममा मुक्तिनाथ विकास बैंक का क्षेत्रीय प्रबंधक ऋषि ढकाल, वडा सदस्य शारदा नेपाली, सपना थापा, टोपली नेपाली, निता नेपाली, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी सदस्यहरू स्थानिय बुद्धिजीवी सर्वसाधारण विद्यालय परिवारका शिक्षक शिक्षिका विद्यार्थी लगायतको सहभागिता रहेको थियो।

पुतलीबजार १३ मा घरायासी क्षेत्रमा आवश्यक पर्ने विविध सामाग्री सहितको संग्राहलय रहेको छ। यसमा कृषि क्षेत्र लगायत घरमा आबस्यक विविध सामग्रीको संकलन गरी राखिएको छ। संग्रहालय को लागि पनि आवश्यक केही बैंकले सहयोग गर्ने विषय पनि रहेको छ। केही समय अघि विद्यालय का प्रधानाध्यापक हरी प्रसाद कोइरालालाई पुतलीबजार नगरपलिकाले पुरस्कृत पनि गरेको थियो।

वि सं २०६३ सालमा स्याङ्जाको पुतलीबजारबाट सुरुवात भएको मुक्तिनाथ विकास बैंक जिल्ला हुँदै केन्द्र सम्म पुग्न सफल रहेको बैंक अन्तर्गत पर्दछ। जनता बैंकमा होइन बैंक जनता माझ जानु पर्छ भन्ने उद्देश्य सहित एक घर एक खाताको अभियान लाई प्राथमिकता दिँदै अघि बढेको मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व बहन गर्दै शिक्षा स्वास्थ्य र कृषि जस्ता विषयमा सहयोग गर्दै अघि बढिरहेको छ। मुक्तिनाथ विकास बैंकका हाल सम्म १७९ शाखा बाट सेवा प्रवाह गर्दै अघि बढेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय