अवैध रुपमा ढुङ्गा ओसार पसार गरिरेहका दुई ट्याक्टर प्रहरी नियन्त्रणमा

२०८२ श्रावण ३०, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पूजा खडका
स्याङ्जा, ३० साउन । गल्याङ नगरपालिका वडा नं ५ रुखापानी र घिमिरे खोला स्थित अवैध रुपमा ढुङ्गा ओसार पसार गरिरहेको अवस्थामा दुई ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ।

बिहीबार अवैध रुपमा ढुङ्गा ओसार पसार गरिरहेको प्राप्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय जैयपते स्याङ्जा बाट खटिएको प्रहरी टोलीले ढुंगा ओसार पसार गरिरहेको अवस्थामा ट्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय का सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिनुभयो।

ग १ त ७१५५ नम्बर र लु ४ त ६५६७ नम्बरको दुई ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको सूचना अधिकारी चौधरीले जानकारी दिनुभयो। ट्याक्टर नियन्त्रणमा लिइ वडा प्रहरी कार्यालय वालिङ स्याङ्जा मार्फत आबस्यक कानुनी प्रक्रिया अघि बढाइएको चौधरीले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय