पूजा खड्का
स्याङ्जा,३० साउन । अवैध लागूपदार्थ नियंत्रण, समाजमा शान्ति सुरक्षाको प्रवर्द्धन, कानुनको कार्यान्वयन साथै जनचेतना अभिवृद्धि गर्ने उद्देश्य सहित स्थानिय समुदायसँगको सहकार्यमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जिल्लाका बिभिन्न स्थानहरुमा २५ हजार ४ सय ५ हरियो गाजाको बोट फडानी सहित नष्ट गरेको छ।
यही साउन २४ गते बाट ३० गते शुक्रबारसम्म जिल्ला प्रहरी कार्यालय स्याङ्जा र मातहत प्रहरी कार्यालय बाट खटिएको प्रहरी टोलीले स्थानिय समुदायका पदाधिकारी युवा क्लब आमा समुह सँगको सहकार्यमा २५ हजार ४ सय ५ गाजाको बोट फडानी गरि नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिनुभयो।


त्यसैगरी आउँदो दिनमा पनि अवैध लागू पदार्थ नियंत्रण गर्ने र समाजमा शान्ति सुरक्षाको प्रवर्द्धन गर्ने उद्देश्य सहित गाँजा फडानी र नष्ट गर्ने कार्यलाई निरन्तरता दिने सूचना अधिकारी चौधरीले जानकारी दिनुभयो।