काठमाडाै, १ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राजनीतिलाई पैसा कमाउने माध्यम नबनाउन आग्रह गर्नुभएको छ ।
राप्रपा केन्द्रीय प्रशिक्षण बिभागले आइतबार काठमाडौंमा आयोजना गरेको नारी नेतृत्व समृद्धि प्रशिक्षण कार्यक्रममा अध्यक्ष लिङदेनले राजनीति नितान्त सेवाको क्षेत्र भएकाले पैसा कमाउने माध्यम नबनाउन आग्रह गर्नुभएको हो । उहाले राजनीतिले खान लाउन नदिने भएकाले राजनीतिमा लागेका हरेक व्यक्तिहरुले कुनै न कुनै व्यवसाय गर्नैपर्ने उल्लेख गर्नुभयो ।


लिङदेनले आफुले राजनीतिक जिवनमा कुनै बेइमानी नगरेको र कसैको एक रुपैया पनि घुस नलिएको बताउनुभयो ।
उहाले नेपालका भएका स्रोत साधनको अधिकतम उपयोग गर्न सके कुनै पनि युवाहरु विदेशीन नपर्ने गरि स्वदेशमा परिचालन गर्न सकिने धारणा राख्नुभयो ।
उहाले पार्टीले लिएको उदेश्यका एकजुट भएर लाग्न पार्टीको महिला संगठनलाई निर्देशन दिनुभयो ।