काभ्रेपलाञ्चोक, ५ भदौ । दोलखाको बिगु गाउँपालिका–५ चिलंखा बस्ने एक युवक मृत फेला परेका छन् । जिल्लाको बिगु गाउँपालिका–५ चिलंखाका २१ वर्षीय राजु तामाङ सोरुमखोलाको ड्याममा बिहीबार मृत फेला परेका हुन् ।
तामाङ बुधबार बिहान ११ बजे माछा मार्न भन्दै घरबाट निस्किएका थिए ।


तामाङको कालिञ्चोक गाउँपालिका–२ स्थित सिंगटी हाइड्रोपावर सोरुमखोलाको ड्याममा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी प्रहरी निरिक्षक श्रीराम तिमल्सिनाले जानकारी दिए ।
घटनाको जानकारी लगत्तै प्रहरी टोली खटिएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।