राष्ट्रिय अखण्डता र जातीय सदभावका निम्ति संघर्ष गरेको जाती क्षेत्री हो : सांसद थापा

२०८२ भाद्र ७, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 5 मिनेट

पूजा खड्का
स्याङ्जा, ७ भदौ । राष्ट्रिय अखण्डता र जातीय सदभाव का निम्ति संघर्ष गरेको जाती क्षेत्री जाती हो भन्दै संविधान सभा सदस्य, संघीय सांसद तथा नेपाली कांग्रेस स्याङ्जा का जिल्ला सभापति राजु थापाले बताउनुभयो।

उहाले हरितालिका तीज २०८२को अवसरमा भिरकोट क्षेत्री समाज ले शुक्रबार नेपाली हिन्दू हरुको महान पर्व तीज को अवसरमा दर खाने तथा शुभकामना आदान प्रदान कार्यक्रम मा क्षेत्री जातिको सक्रियता र संघर्ष का कारण देशमा जातीय सदभाव को वृद्धि भएको उल्लेख गर्नुभएको हो।

कार्यक्रममा संघीय सांसद थापाले देश मा धार्मिक र जातीयता को युद्ध चलिरहेको अवस्थामा देश भित्र गृह युद्ध चल्ने बाताबरण सृजना भएको अवस्थामा देशमा शान्ति सुरक्षा कायम गर्न अब्बल भूमिका खेल्दै क्षेत्री जाती अघि बढेको बताउनुभयो। उहाले राष्ट्रिय एकता र समृद्धि को लागि क्षेत्री समाजले राष्ट्रिय अखण्डता र जातीय सदभाव को निम्ति लडेको जाती भएको उल्लेख गर्नुभयो। उहाले क्षेत्री जातिले आफ्नो मात्र महत्व नराखी सबै जाति र धर्म को उत्तिकै महत्त्व दर्शाएको र विविधतामा एकता को विषय लाई उजागर गरेको बताउनुभयो।

उहाले स्याङ्जाको भिरकोट नगरपालिकालाई पर्यटकीय क्षेत्रका रुपमा जोड्ने विविध ठाउँ भएको उल्लेख गर्दै यसको लागि पहिचान को साथमा पहल गर्न आवश्यक रहेको बताउनुभयो। उहाले सिद्धार्थ राजमार्गको समीपमा रहेको धार्मिक क्षेत्र छायाक्षेत्र मन्दिर प्रचार प्रसार मा कमी हुँदा ओझेल मा परेको जानकारी गराउँदै यसको प्रवर्द्धन र संरक्षण आवश्यक रहेको बताउनुभयो। त्यसै गरी सांसद थापाले स्वरेक मैदान भिरकोट दरबार खिलुङ कालिका मन्दिर जस्ता विविध सम्भावना बोकेका ठाउँ लाई पहिचान गरी संरक्षण प्रवर्द्धन गदै पर्यटकिय हब को रुपमा विकास गर्न सकिने हुँदा यसको लागि पहल गर्न आवश्यक रहेको बताउनुभयो।

उहाले सिद्धार्थ राजमार्ग स्तरोन्नतिको कार्य प्राथमिकतामा राखेको उल्लेख गर्दै अहिले ग्रामीण सडक स्तरोन्नति को लागि बजेट विनियोजन गरेको जानकारी गराउँदै क्षेत्री समाज ले बनाउँदै गरेको भिरकोट बहुउद्देश्यीय भवन निर्माण सम्पन्न गर्नको लागि अहिले बजेट राख्न नसकेमा क्षमा याचना माग्दै अर्को वर्ष भिरकोट नगरपालिका मा नब निर्मित भिरकोट बहुउद्देश्यीय भवन निर्माण को लागि आफ्नो पहल रहने प्रतिबद्धता रहने बताउनुभयो। उहाले नेपाली कांग्रेस भाबना मा बहकिएर नभएर विधिमा उभिएर अघि बढ्ने बताउँदै राष्ट्रिय संकल्प अवको आवश्यकता रहेको उल्लेख गर्नुभयो। कार्यक्रम मा बोल्दै उहाले क्षेत्री समाज भिरकोट को कार्यक्रम मा पनि विविध जाती हरू लाइ गरेको निमन्त्रणा र सहभागिता प्रति खुशी व्यक्त गर्दै क्षेत्री जाती सबैलाई समेट्ने सबैको साथ सल्लाह सुझाब मा अघि बढ्ने जाती भएको मा गर्व गर्दै हरितालिका तीज को सम्पूर्णमा शुभकामना ब्यक्त गर्नुभयो।

कार्यक्रम मा विशिष्ट अथिति भिरकोट मेयर गोविन्द कुमार कर्माचार्य ले भिरकोट नगर लगायत व्यक्तिगत तर्फबाट तीजको शुभकामना व्यक्त गर्नुभयो। छोटो समय मा जातिय ताको लागी सहयोग गरेर भवन निर्माण गर्न सफल भएको मा क्षेत्री समाजको एकता र सहयोगको प्रशंसा गर्नुभयो। नगर प्रमुख कर्माचार्यले क्षेत्री समाज भवन को लागि आवश्यक पर्ने बाटोको लागि नगर ले सोच विचार सहित अघि बढ्ने बताउनुभयो। त्यसै गरी उहाले आँधीखोला तटबन्धन को काम अझ धेरै बाकी रहेको जानकारी गराउँदै निरन्तरता दिन आवश्यक रहेको र संघीय सांसद थापालाई पनि जानकारी गराउनुभएको थियो। त्यसै गरी भिरकोट प्रमुख कर्माचार्यले क्षेत्री समाज को कार्यक्रम मा सबै जातिलाई सहभागिता को लागि महत्व मानेर निम्ता गरेको मा खुशी व्यक्त गर्दै सम्पूर्ण मा तीज को शुभकामना व्यक्त गर्नुभएको थियो। त्यसै गरी पर्यटन बोर्ड का पूर्व सिओ डा धनन्जय रेग्मीले पर्यटन सम्बन्धी सम्भावना भएको र खोजी गर्न आवश्यक रहेको बताउनुभएको थियो।

कार्यक्रममा बोल्दै क्षेत्री समाज की केन्द्रीय सदस्य इन्दिरा केसीले समय परिवर्तनशील रहेको उल्लखे गर्दै समाज विकासका लागि तीज गीतका लयमा विकास र समृद्धिका लागि सल्लाह सुझाब सहित अघि बढ्न र नयाँ पिँढीको लागि नयाँ संदेश दिनु आबस्यक रहेको उल्लेख गर्नुभयो। उहाले परम्परा जोगाउने किसिम बाट पर्व मनाउन र समय अनुसार परिवर्तन घरको परिस्थिति बुझेर घरपरिवारको जिम्मेवारी बहन गर्दै अघि बढ्न आवश्यक रहेको र जिम्मेवारीको साथ साथ नेतृत्व लिन पनि पछि नपर्न अनुरोध गर्दै महिला दिदीबहिनी लाई अघि बढ्न अनुरोध गर्नुभयो। उहाले नारी पुरुष एक सिक्का का दुई पाटा भएका उल्लेख गर्दै विकास निर्माण लगायत विविध कार्यमा एकरूपता हुन आवश्यक रहेको उल्लेख गर्नुभयो।

कार्यक्रम मा वक्ताहरु मा क्षेत्री समाज का संस्थापक जिल्ला सभापति भक्त केसी, भिरकोट नगर एमालेका नगर अध्यक्ष विश्व नाथ अर्याल,भिरकोट उद्योग बाणिज्य संघका अध्यक्ष ढाकाराम खनाल, सम्पूर्ण समाज का तर्फ बाट ब्राहमण समाज का अध्यक्ष लिला प्रसाद रेग्मी, क्षेत्री समाज वडा अध्यक्षहरुबाट पार्वती बस्नेत, क्षेत्री समाज का निवर्तमान अध्यक्ष क्षेत्र बहादुर थापा, वडा अध्यक्ष हरुको तर्फबाट भिरकोट प्रवक्ता तथा वडा नम्बर १ का वडा अध्यक्ष दिपेन्द्र केसी, जिल्ला क्षेत्री समाज समितिको तर्फ बाट सीता गोदार,नेकपा एमाले भिरकोट अध्यक्ष हर्क गुरुङ्ग, राष्ट्रिय स्वतन्त्र पार्टीका भिरकोट सचिव आनन्द राज सिलवाल लगायत ले हरितालिका तीजको शुभकामना दिँदै विकास सम्बन्धी र लय बद्ध तरिकाबाट देशको परिस्थिति को बारेमा उजागर गर्नुभएको थियो। त्यसै गरी तीजको गीत गाउँदै आमा दिदीबहिनी हरुले रमाइलो गर्नुभएको थियो।

निवर्तमान क्षेत्री समाज का अध्यक्ष क्षेत्र बहादुर थापाले एकता का कारण हरेक काम सम्भव हुने उल्लेख गर्दै समय को पाबन्दिको ख्याल गर्नु राम्रो भएको उल्लेख गर्नुभयो। उहाले मरेर लग्नु केही छैन भन्दै हुने ले मन खुलाएर दान गर्न आग्रह गर्दै भवन निर्माण मा सहजीकरण गर्न आग्रह गर्नुभएको थियो। उहाले सकारात्मक सोच को वृद्धि र एकता रहिरहोस् भन्दै तीजको सम्पूर्ण मा शुभकामना व्यक्त गर्नुभएको थियो।

भिरकोट नगरपालिका क्षेत्री समाजका अध्यक्ष क्याप्टेन मीन बहादुर केसीको अध्यक्षतामा सुरुवात भएको कार्यक्रम को सञ्चालन समितिका सचिव किरण केसीले गर्नुभएको उक्त कार्यक्रममा स्वागत मन्तव्य महिला संघकी मिठु केसि ले गर्नुभएको थियो।

कार्यक्रममा विविध पार्टीका पार्टी सभापति, भिरकोटका वडा अध्यक्ष हरु, क्षेत्री समाज का वडा अध्यक्ष हरु विविध पदमा रहनु भएका पदाधिकारी बौद्धिक वर्ग सर्वसाधारण क्षेत्री बुवा आमा दाजुभाइ दिदीबहिनीको बाक्लो सहभागिता रहेको थियो।

अहिलेसम्म भवन निर्माणको लागि १ करोड ५१ लाख खर्च भएको जानकारी गराउँदै ४० लाख माइनस मा रहेको भिरकोट क्षेत्री समाज का सचिव किरण केसीले जानकारी गराउनुभएको थियो।

त्यसै गरी कार्यक्रममा क्षेत्री समाज भवन निर्माणको लागि एक लाख भन्दा बढी दान गर्ने मनकारी दाता हरुको नाम बाचन गर्दै सहयोगी मन प्रति सम्मान गरिएको थियो। त्यसै गरी कार्यक्रम मा असी वर्ष माथिका अग्रज क्षेत्री बुवा आमालाई दोसल्ला ओडाएर प्रमुख अतिथि विशिष्ट अतिथि ले सम्मान गर्नुभएको थियो। त्यसै गरी अब्बल क्षेत्री पदाधिकारीहरु लाइ राम्रो पद धारण गर्न सफल भएको भन्दै प्रमुख अतिथि विशिष्ट अतिथि र क्षेत्री समाज नगर सभापतिले प्रसंशा गर्दै हौसला स्वरुप र बाँकीलाई पनि राम्रो कार्य गरे समाजले सम्मान गर्छ भन्ने विश्वास दिलाउन को लागि बाकी नया पुस्तालाई प्रेरणा दिलाउनको लागि पनि सम्मान कार्यक्रम लाई प्राथमिकता मा राखिएको थियो। कार्यक्रम सँगै तीजको दर खाएर तीजको गीत गाउँदै नाच्दै रमाइलो गर्दै कतिलाई साझ घर फर्कने हतार सहित बीच बीचमा बाहिरिँदै कार्यक्रम भव्य रुपमा सम्पन्न भएको थियो।

केही छैन भन्दै हुने ले मन खुलाएर दान गर्न आग्रह गर्दै भवन निर्माण मा सहजीकरण गर्न आग्रह गर्नुभएको थियो। उहाले सकारात्मक सोच को वृद्धि र एकता रहिरहोस् भन्दै तीजको सम्पूर्ण मा शुभकामना व्यक्त गर्नुभएको थियो।

भिरकोट नगरपालिका क्षेत्री समाजका अध्यक्ष क्याप्टेन मीन बहादुर केसीको अध्यक्षतामा सुरुवात भएको कार्यक्रम को सञ्चालन समितिका सचिव किरण केसीले गर्नुभएको उक्त कार्यक्रम मा स्वागत मन्तव्य महिला संघकी मिठु केसि ले गर्नुभएको थियो।

कार्यक्रममा विविध पार्टी का पार्टी सभापति, भिरकोटका वडा अध्यक्षहरु, क्षेत्री समाजका वडा अध्यक्षहरु विविध पद मा रहनु भएका पदाधिकारी बौद्धिक वर्ग सर्वसाधारण क्षेत्री बुवा आमा दाजुभाइ दिदीबहिनी को बाक्लो सहभागिता रहेको थियो।

अहिलेसम्म भवन निर्माण को लागि १ करोड ५१ लाख खर्च भएको जानकारी गराउँदै ४० लाख माइनस मा रहेको भिरकोट क्षेत्री समाज का सचिव किरण केसीले जानकारी गराउनुभएको थियो।

त्यसै गरी कार्यक्रममा क्षेत्री समाज भवन निर्माण को लागि एक लाख भन्दा बढी दान गर्ने मनकारी दाता हरुको नाम बाचन गर्दै सहयोगी मन प्रति सम्मान गरिएको थियो। त्यसै गरी कार्यक्रम मा असी वर्ष माथिका अग्रज क्षेत्री बुवा आमालाई दोसल्ला ओडाएर प्रमुख अतिथि विशिष्ट अतिथि ले सम्मान गर्नुभएको थियो। त्यसै गरी अब्बल क्षेत्री पदाधिकारीहरु लाइ राम्रो पद धारण गर्न सफल भएको भन्दै प्रमुख अतिथि विशिष्ट अतिथि र क्षेत्री समाज नगर सभापतिले प्रसंशा गर्दै हौसला स्वरुप र बाँकीलाई पनि राम्रो कार्य गरे समाजले सम्मान गर्छ भन्ने विश्वास दिलाउन को लागि बाकी नया पुस्तालाई प्रेरणा दिलाउनको लागि पनि सम्मान कार्यक्रम लाई प्राथमिकता मा राखिएको थियो। कार्यक्रम सँगै तीजको दर खाएर तीजको गीत गाउँदै नाच्दै रमाइलो गर्दै कतिलाई साझ घर फर्कने हतार सहित बीच बीचमा बाहिरिँदै कार्यक्रम भव्य रुपमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार