महाधिवेशन प्रभावित पार्ने खालका क्रियाकलाप नगर्न लिङ्देनलाई राणाको आग्रह

२०८२ भाद्र ८, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, ८ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का महामन्त्री धवलशम्शेर राणाले पार्टीको आगामी महाधिवेशनलाई प्रभावित पार्ने कुनैपनि काम नगर्न पार्टी नेतृत्वलाई आग्रह गर्नुभएको छ ।

आइतबार काठमाडौंमा सञ्चारकर्मीसंग कुरा गर्दै महामन्त्री राणाले आगामी मंसिरमा पार्टीको महाधिवेशन गर्ने समय आएकाले त्यसलाई प्रभावित गर्ने कुनैपनि काम नगर्न पार्टी नेतृत्वलाई आग्रह गर्नुभएको हो ।

महाधिवेशन समयमा निष्पक्ष रुपमा हुनुपर्ने उल्लेख गर्दै राणाले सवै पक्षलाई बाधा अवरोध नपारि सहज रुपमा महाधिवेशन प्रतिनिधि छनोट गर्न दिनुपर्ने बताउनुभयो ।

राणाले महाधिवेशनको मुखमा एकलौटी रुपमा नेता कार्यकतालाई हटाउने र स्पष्टीकरण माग्ने कार्यले देशभरका राप्रपा कार्यकर्ता चिन्तित रहेको धारणा राख्नुभयो । उहाले पार्टी विधि बिधान बिपरित नेतृत्वले एकपक्षीय ढंगले निर्णय गर्दा केहि समस्या देखिएको जिकिर गर्नुभयो ।

त्यस्तै उहाले कुनै हालतमा राप्रपालाई फुट्न नदिने स्पष्ट पार्नुभयो । नेतृत्वका बिषयमा केहि फरक मत भएपनि पार्टी फुटाएर अघि बढ्ने सोच आफुहरुको नरहेको उहाको भनाइ छ ।

महामन्त्री राणाले अध्यक्ष पार्टीको अभिभावक रहेकाले सवैलाई मिलाएर अघि बढ्न खोजे सवै कुरा मिल्ने तर एकलौटी निर्णय गरे मान्य नहुने चेतावनी दिनुभयो । उहाले आगामी महाधिवेशनको मिति तोक्न ढिलाई गर्न नहुनेमा समेत जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय