कुटपिट गरी हत्या गरेकाे आरोपमा वालिङबाट दुई जना पक्राउ

२०८२ भाद्र ८, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पूजा खड्का
स्याङ्जा, ८ भदौ । कुटपिट गरी एक युवकको हत्या गरेको आरोपमा वालिङ नगरपालिका ५ बाट दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा हरिनास गाउँपालिका ५ बस्ने २२ वर्षीय सिजन थापा र चापाकोट नगरपालिका ५ कान्ति बस्ने २४ वर्षीय अनिल शाही रहेका जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

शनिबार राति कुटपिट पछि उपचारको क्रममा वालिङ नगरपालिका वडा नम्बर ५ बाहुनडाँडा बस्ने ३२ वर्षका ढाल बहादुर थापाको ज्यान गएको भन्दै कुटपिट गर्ने दुई जना लाई प्रहरीले नियन्त्रणमा लिएको हाे ।

घाइते थापालाई उपचारको लागि तत्काल प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार पश्चात थप उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा पठाइएकोमा डाक्टरले चेकजाँच गर्दा राति मृत घोषणा गरेको थियाे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय