स्वास्थ्यमन्त्री पौडेल हैजा प्रभावित क्षेत्र अनुगमन गर्न वीरगञ्ज जाँदै

२०८२ भाद्र ९, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, ९ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल स्थलगत अनुगमनका लागि हैजा प्रभावित क्षेत्र वीरगञ्ज जाने भएका छन् ।

समुदायस्तरमै हैजा फैलिएपछि उनी दिउँसो २ बजे वीरगञ्ज जान लागेका हुन् । यसअघि खानेपानी मन्त्री हैजा प्रभावित क्षेत्र वीरगञ्जको स्थलगत अनुगमनका लागि पुगेका थिए । स्वास्थ्य सेवा विभागको टोली सहित मन्त्री यादव वीरगञ्ज पुगेका थिए ।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार मन्त्री पौडेलले वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत हैजाका बिरामीहरूको स्वास्थ्य अवस्था, अस्पतालले दिइरहेको स्वा प्रवाहबारे अनुगमन गर्नेछन् ।

यसैगरी मन्त्री पौडेलले हैजा प्रकोप रोकथाम तथा नियन्त्रणका लागि भइरहेको प्रयासबारे वीरगञ्ज महानगरपालिकाका मेयर लगायत अन्य सरोकारवालासँग छलफल गर्ने कार्यक्रम छ ।

शुक्रबारयता वीरगञ्जमा ७१ जनामा हैजा संक्रमण पुष्टि भएको छ । वीरगञ्जका विभिन्न अस्पतालमा उपचाररत १६१ जना झाडापखलाका बिरामीमध्य ७१ जनामा हैजा संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय