वालिङ ५ जर्कोट घटना : आठ जना पक्राउ (भिडियाे सहित)

२०८२ भाद्र १०, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पूजा खड्का
स्याङ्जा, १० भाद्र । वालिङ नगरपालिका ५ जर्कोटका ३२ वर्षीय ढाल बहादुर थापाकाे मृत्युकाे घटनालाइ लिएर प्रहरीले आठ जना लाइ पक्राउ गरेकाे छ ।

कुटपिटमा संलग्न भएको आरोपमा तत्काल दुई जना पक्राउ परेको जानकारी भएको थियो भने सोमवार हरिनास गाउँपालिका वडा नं ५ का ६ जना र चापाकोट नगरपालिका वडा नं ५ का २ जना गरी आठ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सुचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक प्रसन्नराज चौधरीले जानकारी दिनुभयो ।

पक्राउ पर्नेहरुमा हरिनास गाउँपालिका ५ बस्ने २२ वर्षीय सिजन थापा, २० वर्षीय विवेक मानन्धर, २३ वर्षीय गुरुप्रसाद लम्साल, १७ वर्षीय आर्यन क्षेत्री, २३ वर्षीय विश्वास वाग्ले, २२ वर्षीय निशान थापा, चापाकोट नगरपालिका ५ कान्ति बस्ने २४ वर्षीय अनिल शाही र १८ वर्षीय बादल विक रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी चौधरीले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय