गुल्मी–काठमाण्डौ सम्पर्क समितिद्धारा तीज विशेष कार्यक्रम

२०८२ भाद्र १०, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

कृष्णप्रसाद ढकाल
ललितपुर, १० भाद्र । नेपाली कांग्रेस गुल्मी–काठमाण्डौ सम्पर्क समितिद्धारा हरितालिका तीज विशेष दर खाने कार्यक्रम काठमाण्डौको बत्तीसपुतलीमा सनिबार सम्पन्न भएकाे छ ।

नेपाली कांग्रेस गुल्मी–काठमाण्डौ सम्पर्क समितिका सभापति कृष्णप्रसाद खरेलको सभापतित्व तथा संस्थाका सचिव दिपक खड्काको संचालनमा कार्यक्रम सम्पन्न भएको काे प्रमुख अतिथि नेपाली कांग्रेस केन्द्रीय सदस्य एवम् महिला विभाग प्रमुख तथा पुर्व उपसभामुख पुष्पा भुषाल रहनुभएकाे थियाे ।

कार्यक्रममा मौलिक तीज गीत तथा राष्ट्रिय लोकदोहेरी कलाकारहरु बीच विशेष प्रस्तुति समेत रहेको थियो । लोकगायक बमबहादुर कार्कीको नेतृत्वमा कलाकारहरुले सांगीतिक प्रस्तुति दिएर उपस्थित दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्रबहादुर केसी, नानु बाँस्तोला तथा राष्ट्रियसभा सदस्य विष्णुकुमारी सापकोटा र नेपाली कांग्रेस गुल्मीका पुर्वसभापति त्रैलोक्यप्रताप सेन लगायतकाे उपस्थिति रहेको थियाे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय